बुढानिलकण्ठ नगरपालिका वडा नं १ का एक पुरुषमा कोरोना संक्रमण

बुढानिलकण्ठ नगरपालिका वडा नं १ का एक पुरुषमा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असार २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ का एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।असार १० गते भारतको दिल्ली बाट काठमाडौं फर्किएर सेल्फ आइसोलेसनमा बसेका ४६ वर्षीय पुरुषको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको बुढानिलकण्ठ स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले जानकारी दिएका छन।

भारत बाट फर्के पश्चात होम क्वारेन्टाइनमा बसेका ति पुरुषले बाहिरी सम्पर्कमा नरहेको र उनि अहिले टेकुमा रहेको जानकारी दिदै दाहालले सबै नगरवासीलाई सचेतना र सजगता अपनाउन अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।