लायन्स क्लब द्वारा ललितपुरको सातदोबाटो, खुमलटार क्षेत्रमा बृहत सरसफाई
कपन अनलाइन
काठमाडौं, असार २० ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका बिभिन्न आयोजनामा बृहत सरसफाई गरिएको छ।
आज बिहान लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं पिपुल्स, लायन्स क्लब अफ काठमाडौं धापाखेल, लायन्स क्लब अफ काठमाडौं मोडेल , लायन्स क्लब अफ काठमाडौं डाइभरसिटि,र सिर्जनशील बातावरण संरक्षण केन्द्रको आयोजनामा ललितपुर ,सातदोबाटो, खुमलटार क्षेत्रमा बृहत सरसफाई गरिएको हो।
लाईनिष्टिक इएर वर्ष २०/२१ को पहिलो दिनमा डिस्ट्रिक द्वारा बिभिन्न सामाजिक कार्य गर्न आवहान भए अनुसार लायन्स क्लबहरुले संयुक्त रुपमा बिभिन्न सामाजिक कार्य गरि सप्ताहब्यापी रुपमा सामाजिक कार्य गर्दै आइरहेको छ, सोहि अनुरुप सरसफाई गरिएको लायन्स क्लब अफ काठमाडौं धापाखेलका चार्टर प्रेसिडेन्ट एबम डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन दिपेन्द्र सिंखडाले कपन अनलाइन लाइ बताए। उनका अनुसार सिर्जनशील वातावरण संरक्षण केन्द्रका सफाई कर्मचारीहरूलाई मास्क पी पी ई र पन्जा समेत वितरण गरिएको बताए ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माननीय राजकाजि महर्जन, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल ,डिस्ट्रिक ३२५ ए१का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ , पूर्व गभर्नर लायन कुमारराज सुवेदी , सातदोबाटो प्रहरी वृत्त प्रमुख मित्रबन्धु शर्मा ट्राफिक प्रहरी प्रमुख भोला अधिकारी लगायत लायन्स लिडरहरु सहित सुरक्षाकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रममा सरसफाई गरिनुको साथै सरसफाई सम्बन्धि जनचेतना समेत जगाइएको थियो।