लायन्स क्लब अफ काठमाडौँ डाँफेको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौँ डाँफेको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ ,असार १। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौँ डाँफे द्वाराको  पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।असार १६ गते मंगलबार जोरपाटी स्थित पिस ब्यान्केटमा डिस्ट्रिक गभर्नर टिम सम्मान ,नया लायन्स मेम्बरको इन्डक्सन तथा पद हस्तान्तरण कार्यक्रम का बीच लायन्स क्लब अफ काठमाडौँ  डाँफेका कार्यसमिति पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन्।

लायन्स क्लबका जि ए ट एरिया लिडर लायन खगेन्द्र सिटौलाको  प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटरलायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक ३२५ ए१का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ पुर्व गभर्नर लायन कुमारराज सुवेदी, चिफ एरिया कोर्डिनेटर लायन सुरेन्द्र प्रकाश बलाय ,क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब लायन बिष्णु भाइ श्रेष्ठ जोन चियरपर्सन लायन अच्युत बिष्ट ,लायन ठण्डराज ठकुरी  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौं डाँफेका वर्ष १९/२०का प्रेसिडेन्ट लायन मेघदत्त रिजालको अध्यक्षतामा सम्पन्नकार्यक्रमको  संचालन लायन्स क्लब अफ काठमाडौं डाँफेका चार्टर प्रेसिडेन्ट  लायनमहेश आचार्यले  गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन रुपा पुडासैनीले  झण्डाको अभिवादन बाचन  गरेकी थिइन्।लायन्स क्लब अफ काठमाडौं डाँफेका वर्ष २०१९/२०का प्रेसिडेन्ट लायन मेघदत्त रिजालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले आफ्नो कार्य कालमा भएका कामहरुको समिक्षा प्रस्तुत गर्दै आगामी दिनमा पनि क्लबका गतिविधिहरुले सामाजिक क्षेत्रमा अतुलनीय सहयोग पुग्ने विश्वास गरे ।

लायन्स क्लब अफ काठमाडौं  डाँफेका २०१९-२० का प्रेसिडेन्ट लायन  मेघ दत्त रिजालको कार्यसमितिले वर्ष लायन्स क्लब अफ काठमाडौं डाँफेको  वर्ष २०२०-२१ को लागि चुनिएकी प्रेसिडेन्ट लायन  पद्मा  पुडासैनीको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो। कार्यक्रममा क्लबले बर्षभरि गरिएको  काम सहितको खर्च बिवरण सार्वजनिक गरी क्लबको  हिसाब नयाँ कार्यसमितिका कोषाध्यक्षहरुलाई लाइ हस्तान्तरण गरिएको थियो । त्यसै गरि क्लबमा नया प्रवेश गरेका ९ जना सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र सहित पदस्थापन गरिएको थियो भने सोहि कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को वर्ष २०२०/२१का लागि डिस्ट्रिक गभर्नर टिममा परेका लायन्स सदस्यहरुलाई क्लब ले सम्मान समेत गरेको थियो ।

कार्यक्रमका प्रमुख लायन्स क्लबका जि ए ट एरिया लिडर लायन खगेन्द्र सिटौला ,लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटरलायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक ३२५ ए१का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ पुर्व गभर्नर लायन कुमारराज सुवेदी, लगायतले शुभकामना मन्तब्य राख्दै  समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ लायन्स क्लबमा लागेको हुदा हरेक समुदायसँग सहकार्य गरेर बर्ष भरिमा क्लबले  सामाजिक काम गरि डिस्ट्रिकको उत्कृष्ट क्लब बनाउनुपर्नेमा  जोड दिएका थिए । उनीहरुले डिस्ट्रीक्ट गभर्नरको ध्येय प्राप्तिको लागि कार्य योजना बनाई कार्यन्वयन गर्न पर्ने बताए। कार्यकाल भरी  आफुहरुले  सकेको साथ र सहयोग  प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सेवामुलक काम गरेर क्लबको  ख्याती लाइ झनै बढाएर लैजान अनुरोध गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्सले आपसी भाइचारा र सद्भावलाई जोड दिँदै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको उनीहरुको भनाइ थियो ।

उनीहरुले नयाँ कार्यसमितिलाई सामाजिक र मानवीय सेवाका क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिएका थिए। लायन्स क्लब अफ काठमाडौं डाँफेमा पनि महिला  नेतृत्व आउनु खुसीको कुरा भएको  भन्दै महिलाहरु पनि लिडरशिपमा अगाडी छन् भन्ने उदाहरण डाँफेले दिएको बताए  ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं डाँफेकि  वर्ष २०२० /२१ प्रेसिडेन्ट लायन पद्मा पुडासैनीले पद स्वीकार गर्दै क्लबलाइ थप सेवाको कार्यमा अग्रसर बनाउने बताएकी थिइन्  ।उनले  वर्ष २०/२१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको थिम TEAM अनुसार काम गर्ने बताएकी थिइन्।

कार्यक्रममा  लायन्स क्लब अफ काठमाडौं डाँफेका लायन सन्तोष शिवाकोटीले धन्यबाद ज्ञापन गर्दै नया प्रेसिडेन्टहरुलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए।उनले कोभिड १९ को महामारी संग जुद्दै सुरक्षित रुपले थप सेवाको कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको भन्दै लायन वर्ष २०२०/२१ मा  क्लबले बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको हुँदा सो मा सक्रिय रुपमा सहभागी भइ कार्यक्रम सफल बनाउन समेत अनुरोध गरेका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।