टोखा नगरपालिका द्वारा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान
कपन अनलाइन
काठमाडौं ,असार १५।
टोखा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।टोखा नगरपालिकामा आयोजित एक कार्यक्रममा स्वास्थ्य सामाग्रीहरु सामूदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रकास अधिकारीले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण र विद्यार्थीहरुलाई पढाउन सहयोग पुर्याउने उद्देश्यले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले टोखा नगरपालिकाले नगरको विकास र समृद्धिका लागि गरेका कार्यहरुको प्रशंशा गर्दै कोभिड १९ को रोकथाम, नियन्त्रण र अनलाइन कक्षा सञ्चालनका लागि स्वास्थ्य सामाग्रीले विद्यालयहरुलाई महत्वपूर्ण सहयोग पुर्याउने विस्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले विद्यालयहरुलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रण र अनलाइन शिक्षा प्रदान गर्न सहज होस् भनेर नगरपालिकाले स्वास्थ्य सामाग्री प्रदान गरेको बताएकि छन ।
टोखा नगरपालिकाले नगरका सामूदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई बाल मनोविज्ञान, अनलाइन शिक्षा लगायतका विषयमा केन्द्रीत रहेर तालिम पनि सञ्चालन गरेको शिक्षा शाखाका उपसचिव बाबुराम गौतमले जानकारी दिएका छन ।
त्यस्तै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका साथै नगरको समग्र विकास, समृद्धि र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर नगरपालिकाले कार्य गरिरहेको बजानकारी गराएका थिए ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु मधुसुदन पाण्डे, जगन्नाथ ढकाल, जोग प्रसाद नेपाल, नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे र उर्मिला विश्वक्रर्मा लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु र विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।फोटो सौजन्य :स्थानीय सरोकार