गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक झुण्डिएको अवस्थामा मृत भेटिए
कपन अनलाइन
काठमाडौं ,असार १५ ।
गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।उक्त स्थानमा निर्माणाधीन वाग्वीर स्याङ्तानको घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई दिएको जानकारी दिदै स्याङ्तानले राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घबताएका छन।शनिबार बेलुकीसम्म ओहोरदोहोर गरिरहेका राई आइतबार एक्कासि भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताएका छन ।
हेड मिस्त्री उदयपुरका लक्ष्मण राई मार्फत चार महिनाअघि घर निर्माणस्थलमा आइपुगेका धिरज राई निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने तथा निर्माण सामग्री कुरेर बस्ने गरेका थिए । मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जनाएको छ ।