नवजागृति मावी रामहिटीका अभिभावकहरुलाई खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं ,असार ८।
काठमाडौं महानगरपालिका वडा नं ६ रामहिटीमा रहेको नवजागृति मावीका अभिभावकहरुलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाली कांग्रेस वडा नं ६ इकाईको सहयोगमा सो विद्यालयका ६० जना अभिभावकहरुलाई खाद्यान्न सहयोग गरिएको थियो।
नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उक्त विद्यालयका अभिभावकहरुलाई चामल ,चाउचाउ लगायतका खाध्य सामाग्री हस्तान्तरण गरेका थिए।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,नेपाली कांग्रेस वडा नं ६ इकाईका सभापति भुवन लामा ,नव जागृति मावीका प्रधानाध्यापक डम्बर राई , इन्चार्ज शंकर राज न्यौपाने ,मधु बोगटीको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।