कागेश्वरी मनोहरा नगरपालिकाको चौथो नगर सभा शुरु

कागेश्वरी मनोहरा नगरपालिकाको  चौथो नगर सभा शुरु

कपन अनलाइन

काठमाडौं, असार ८ ।कागेश्वरी मनोहरा नगरपालिकाको चौथो नगर सभा शुरु  भएको छ। आइतबार नगरपालिकाको सभाहलमा भएको नगर सभामा कागेश्वरी मनोहरा नगरपालिकाले आ.ब. २०७७/०७८ को लागी १  अर्व ६७ करोड ५ लाख ६९ हजार को बजेट सभामा पेश गरेको छ। जसमा कूल चालु खर्च ३८ करोड ३२ लाख ८८ हजार र पुजिगत खर्च १ अरब २८ करोड ७२ लाख ८१ हजार बजेट सहित निम्न बिषयमा नगरसभाका सदस्यहरू बिच छलफल गरि मौखिक वा लिखित सुझाब सहित आषाढ ७ गते देखी १० गते भित्र नगर सभामा पेश गरी सम्पन्न गर्न निम्न लिखीत बुधा नगर सभा सदस्यहरु समक्ष पेश गरिएको छ  ।

१- आर्थिक बर्ष २०७७/०७८ को नीति तथा
कार्यक्रम ।

२- आर्थिक बर्ष २०७७/०७८ को आर्थिक
बिधेयक ।

३- आर्थिक बर्ष २०७७/०७८ को बिनयोजन
बिधेयक ।

३- आ.ब. २०७६/०७७ को श्रावण १ गते देखी
२०७७ जेष्ठ मसान्त सम्म तेस्रो नगर
सभाले गरेको बिनियोजन बजेट बाट
गरिएको बिकाश निर्माणको खर्च बिवरण
र प्रगती।

४- गोकर्णेश्वर नगरपालिका को वडा नं. १,२ र४, कागेश्वरी मनोहरा नगरपालिका कोवडा नं. १,२,३ र ४ र शंखरापुर नगरपालिका को वडा नं. ९ सहितको जग्गामा संयुक्त रूपमा ब्यबस्थित घडेरीको लागी DPR तयार गर्न पूर्बी काठमाण्डौ जग्गा एकिकरण (ल्याण्ड पुलिड्ग)आयोजना, आयोजना ब्यबस्थापन समितिगठन गर्ने कार्य लगायत रहेको छ ।नगर प्रमुख कृष्णहरि थापाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक २०७७ छलफलका लागि सभामा पेश गरेका थिए।

त्यस्तै कार्यक्रममा आर्थिक बिधेयक २०७७ नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनीले सभामा पेश गरेका थिए त्यस्तै लेखा समितिको प्रतिबेदन लेखा समितिका संयोजक सुदर्शन धिमाल अनुपस्थिति रहेको हुँदा समितिका सदस्य डोलनाथ पोखरेलबाट प्रस्तुत भएको थियो।

त्यसैगरि बिधायन समितिको तर्फ बाट प्राप्त ऐन, कार्यविधिहरु समितिका संयोजक राजाराम पुडासैनीबाट छलफलका लागि प्रस्तुत गरेका थिए।त्यस्तै न्यायिक समितिको आर्थिक वर्ष २०७६/७७को बार्षिक कार्यपगति बिवरण छलफलका लागि समितिका सदस्य अष्टलाल श्रेष्ठले प्रस्तुत गरेका थिए।

सभामा प्रस्तुत नीति तथा कार्यक्रम, बिनियोजन विधेयक, आर्थिक बिधेयक र समितिका प्रतिबेदनहरु अध्ययन गरि प्राप्त सुझाबलाइ सभामा छलफल गर्ने गरि सभा संचालन कार्यविधि २०७४ को दफा ६ को ३ मा व्यवस्था भए बमोजिम नगर सभा १० गते बिहान १० बजे सम्मको लागि स्थगन गरिएको नगर प्रवक्ता राजाराम पुडासैनीले बताए ।

तपाइँको प्रतिक्रिया ।