जनकल्याण मावीका अविभावकहरुलाई खाद्यान्न सहयोग

जनकल्याण मावीका अविभावकहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,असार ३।

जनकल्याण मावी ,काठमाडौं महानगरपालिका वडा नं ६ का अविभावकहरुलाई नेपाली कांग्रेस वडा नं ६ इकाईले खाद्यान्न सहयोग गरेको छ। काठमाडौं महानगरपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामा ,वडा सदस्य जयराम पुडासैनी ,वडा सदस्य नरेन्द्र थापा लगायतको उपस्थितिमा भएको सो सहयोग हस्तान्तरण कार्यक्रममा ९० जना अविभावकहरुलाई खाद्यान्न सहयोग गरिएको थियो।

विद्यालयका अविभावकहरुलाई सो खाद्यान्न  उपलव्ध गराउन सहयोग गर्ने दिवाकर न्यौपाने र नेपाली कांग्रेस वडा नं ६ इकाई सभापति भुवन लामा लगायतलाई धन्यवाद दिदै विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईले विषम समयमा गरिएको सहयोग महत्वपूर्ण रहेको बताएकी छन।

तपाइँको प्रतिक्रिया ।