अहङ्कार (कविता)
कपन अनलाइन
काठमाडौं जेठ २७ / कृष्णप्रसाद नेपाल
अहङ्कार घमण्डले मान्छेलाई जलाउॅछ
रिस र रागका वाणी ओठले कटकटाउॅछ ।
शक्ति उन्मादका ज्वाला बल्दछ जब दन्दन
खरानीको लाउॅ टीका लागदैछन् सब दुष्मन ।
म मात्र सत्य हुॅ मिथ्या बाॅकी ती सब दुर्जन
म मात्र नाथ हुॅ अन्य अनाथ औ अकिञ्चन ।
सारथी बलिया मेरा कहाॅ कम म हौॅ किन
तिनका मनका ईच्छा पुर्याएकै छु हरक्षण ।
दुर्योधन रमाउॅथ्यो शकुनी चालमा कति
लाक्षागृह र पाण्डव मार्नमा उच्च पारखी ।
भाइभाइ फुटाएर मिल्दछ कसरी बल
हार र फुटको मर्म भोग्दैछन् कर्मको फल ।
दानशक्ति घमण्डले बली पाताल भासियो
अहङ्कारी बनी रावण लङ्काको राज्य मासियो ।
सतीदेवी जलिन् मरी कथा दक्ष विनासको
राज्य शक्ति उन्मादमा कङ्सको पनि नाश भो ।
अहङ्कार जब गर्छ मानवभित्र शासन
स्वर्गको डगमगाउॅछ इन्द्रको पनि आसन ।
त्यसैले त्याग हे मान्छे अहङ्कार कुशासन
दूरद्रष्टा क्षमाशील जगाऊ मन सज्जन ।
रोप है शान्तिको बाली खेतका फाॅटफाॅटमा
इज्जत मान प्रतिष्ठा मनका ऑटऑटमा ।।
(कवि अरुणोदय माबी आरुबारीका प्रधानाध्यापक समेत हुन)