कागेश्वरी मनोहरा नगरपालिकामा “एक घर एक ब्यक्ति” RDT/PCR परिक्षण शुरु
कपन अनलाइन
काठमाडौं, जेठ २७। कागेश्वरी मनोहरा नगरपालिकामा एक घर एक ब्यक्ति पिसीआर आर डी टि गर्ने योजना अनुरुप जेठ २६ गते आर डी टि परिक्षण गरिएको छ। वडाको सिफारिसमा प्रत्येक हप्ताको सोमबार आरडीटी र शुक्रबार पीसीआर परीक्षण गरिने निर्णय भए अनुसार हिजो सोमबार कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा आर डीटि परिक्षण गरिएको हो ।नगर प्रमुख कृष्णहरि थापाकोअनुसार सोमबार ५० जनाको आरडीटि परिक्षण गरिएको र शुक्रबार पी सीआर टेस्ट हुने जानकारी दिदै बिहिबार सम्म आफ्नो वडामा नाम दर्ता गर्न पनि अनुरोध गरेका छन ।
नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको जानकारी गराउदै संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको बताए ।बाहिरबाट आएका व्यक्तिको विवरण संकलन भइरहेको पनि नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।