नागार्जुन नगरपालिकाको नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धि  बिषयमा छलफल

नागार्जुन नगरपालिकाको नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धि  बिषयमा छलफल

कपन अनलाइन

काठमाडौं जेठ २७।  नागार्जुन नगरपालिकाको नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा नगर कार्यपालिका  बैठक सम्पन्न भएको छ । जेठ  २५ गते बसेको बैठकमा आर्थिक वर्ष २०७७/७८को नगर सभामा प्रस्तुत हुने बार्षिक नीति कार्यक्रम तथा बजेट सम्बन्धि  राय सुझाब संकलनार्थ निम्न निर्णय गरिएको नगरपालिका बाट जारि गरिएको प्रेस बिज्ञप्तिमा मार्फत सार्वजनिक गरिएको छ ।

उक्त बिज्ञप्तिमा नागार्जुन नगरपालिकाको आर्थिक बर्ष २०७७/७८को चौथो नगर सभामा प्रस्तुत हुने बार्षिक नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धि  बिषयमा छलफलमा सहभागी माननीय प्रतिनिधि सभा सदस्यहरु, पूर्व मन्त्रीहरु, पूर्व माननीयहरु बाट प्राप्त राय सुझाबका लागि धन्यवाद दिदै नगरपालिकाको श्रोतबाट आगामी कार्यक्रम समाबेश  गर्ने निर्णय गरिएको जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।