एकान्तबास ! (कविता)
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १९ /सीताओझा
अलि अस्ति नै,
सन २०१९ को नोभेम्बर तिर
चिनको वुआन शहरमा
खै ! के को हो ?
तालिमथियो रे ।
तालिम सकिएसँगै
कसरी कसरी हो ?
यो सरूवा विषाणुले औंसा परेछ क्यारे
अनिपो महामारी फैलिएको रहेछ ।
आँखाले पटक्कै नदेखिने
सितिमिति मर्दा पनिनमर्ने
हावा, पानी, बस उठले हैन
छोईछिटो र हाक्ष्युले सर्ने
रोग लागेर मानिस मर्यो भने
काजकिरिया गरे झैँ
पहिचान गर्न चौध दिनै कुर्न पर्ने
कस्तो प्रजाती को रहेछ ?
यो कोभिड १९ नामको गरेको विषाणु
यसको परिचय र असर बारे
मानिसलाई बुझाउन निकै कठिन पर्ने
होसियार हुन र सुरक्षित बस्न
पहुँच भएकालाई हैन
दुरदराज तिर झुपडीमा बास भएकाहरूलाई
गएरै भन्नुपर्ला जस्तो लाग्ने
मुख, नाक छोप्न नाकको बोक्रो (माक्स)
अनिवार्य लगाउनु पर्छ भन्दा
किन्नपनिनपाइने
यो महामारीबाट बच्नजान्नेले नजान्नेलाई सम्झाउने रे
यो महामारीमा जहाँ छ त्यहीँ सुरक्षित,
एकान्तबाँस बसेर,
आफू र अरूलाई जोगाउने र रोग फैलन नदिन
बाहिरबाट आएकाहरूको
रगत, खकारको परीक्षण गराउनु रे
यस्तो रोग लागिहाले
नाताभित्र र भावनासगँ जोडिएकाले
आवश्यकताको जोहो गरि दिने रे,
आफन्तसगँको सम्बन्ध बाँचे देख्न पाइन्छ
मित्रता भित्रको विश्वासले
बाँच्न सिकाउछ
छरछिमेकीले आपतविपतको
कामदिनु पर्छ
तर रोग जोडियो भने आफैं लड्नु पर्छ
त्यसैले त हामी सबै घरभित्रै बस्नुपर्छ
– भन्दै सम्झाएर
एकान्तबासमा बस्न सिकाउने रे
यो रोग, सरकारले ल्याएको हैन
नागरिकलाई रोगीहुन मनै छैन
रोग लाग्नु भन्दालाग्नै नदिनु उत्तम
रोगले छोए विषेश उपचार गृहमा बस्ने
एकले अर्कालाई छोएर हैन
टाटैबाट अभिवादन र नमस्कार
साटेर पनिखुसीहुनसिकौं
बरू एकछाक मात्रै खाउ
यो विश्वभर फैलिएको महामारीबाट
आफू बचेर अरूलाई बचाऊ !
भन्दै सुख–दुःख साट्ने रे
कोभिड १९ बाट बच्न
भिडभाड भन्दाएकान्तखोज्नु
सावुनपानीले ओर्काइ, फर्काइ
पाँच मिनेट सम्म हात धोइरहनु
अत्यावश्यक नपरि हिड्दै नहिड्नु
पाहुनालाई अहिले हैन पछि भेट्ने भन्नु
फुर्सद छ भनेर लखर, लखर नहिड्नु
सामाजिक सञ्जालमा देखिने
कोराना भाइरसका अफवाहबाट
आफु जोगिदैँ अरूलाई जोगाइ राख्नु
पो भन्दा रहेछन त !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक