कोरोना ! कोरोना ! कोरोना !
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १९ /राम आचार्य ‘पुष्पप्रेमी’
कोरोना लाग्नु कुनै अपराधको दण्ड सजाय हो ? वा अनैतिक कार्यको प्रतिफलहो ?किन कोरोना लागेको मान्छेको पहिचानगोप्य राखिन्छ ? रोग लाग्दा उसले पाउने मानविय संवेदना र सहनुभूति बाट किनबन्चित? रोग लाग्नु, निको हुनु वा मर्नु स्वभाविक प्रकृया होइन र ? यो नाम थर र पहिचानगोप्य राख्ने पद्धतिले विश्वमा मानव आतङ्क ल्याईरहेको छ ।
यस भित्रकुनै षडयन्त्र त छैन ? एकपटक सोच्ने हो कि ? मान्छे बिरामी हुदा मायाँ, सद्भाव, सहयोग र सहानुभूतिले मात्र पनि उसमा मनोबल उच्च हुन्छ र रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ तर यहाँ कोरोना लाग्यो अरे भन्दैमा पशु भन्दा निच व्यवहार देखाईन्छ अनि नियन्त्रणको नाममा करोडौको चलखेल हुने गर्छ । यो हो सोचनीय कुरा ।
स्वास प्रश्वास बाट होईन, हावाबाट सर्दैन भने सुरक्षित तरिकाले उसको छेउमा गएर सान्तवना र सहयोग गर्न किन नपाउने ? भाइरस जस्तो सुष्म जीवाणु रोक्ने विश्वमा कुनै बस्तु छैन तर यहाँ कोरोना रोक्न नाथे मास्क भिर्नु पर्ने ?यसको करोडौको व्यापार चलखेल हाम्रो सामु छ ।
मास्कले भाइरस छेक्छ त ? निमोनिया, कालाज्वर, क्षयरोग, बिफर, दादुरा जस्ता प्राणघातक रोगसँग मान्छे लडेकै हो, मानविय सहयोग र सद्भाव पाएकै हो र उ निर्भिक रुपमा ती रोग सँग अध्यवधि लडिनै रहन्छ । तर अहिले भाईरसको आतङकमामानवीयविभेद मात्रहोइन संवेदना नै धाराशाही परिदैछ । त्यसकारण यो रोग भन्दा मनोवैज्ञानिक आतङ्कबाट बचौं, उच्च मनोबलका साथ रोगीको सेवा र सहयोग गरौ, आफु पनि सुरक्षित निरोगी बनौ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक