कोरोना संक्रमण र विदेशको श्रम

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १८ /जानुका गजमेर  

विश्वमा तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसको कारण रोजगारका लागि विभिन्न मुलुकमा रोजगारीका लागि गएका युवायुवतिहरुको अवस्था नाजुक बन्दै गएको समाचारहरु विभिन्न सन्चारमाध्यममा आइरहेका छन ।

तत्काल करिब ६ लाख भन्दा नेपालीहरु नेपाल आउने अवस्थामा भएपनि सरकारले तत्काल २५ हजार नेपालीहरुलाई मात्र ल्याउन सकिने खाका तयार गरेको छ । यसले गर्दा विदेशमा रहेका नेपालीहरु संक्रमणको उच्च जाखिममा नै त्रासले दिन विताउन बाध्य ह’नेछन यो निकै दुखद कुरा हो । सरकारले प्रमाणपत्र धितो राखी ऋणदिने न्युनतम व्याजमा व्यवसाय सन्चालनका लागि ऋण उपलब्ध गराउने सरकारको कदमले पनि युवाहरुलाई विदेशजानबाट रोक्न सकेन ।

युवाहरुको हितका लागि गठित राष्ट्रिय युवा परिषदमा पनि २÷४ जना राजनैतिक पहुँच हुनेहरुका लागि मात्र भयो तर आम युवायुवतिहरुलाई समेटेर कार्यक्रम गरेको पाइएन । आम युवायुवतिहरुको बेरेजगारीको समस्यालाई निरुपण गर्नका लागि मार्गकोर्न सकेन । आफ्नै देशमा रोजगार स्थापना गरी युवायुवतिहरुलाई विदेश जानबाट रोक्ने रणनिति ल्याउनु त कता हो कता उल्टै विभिन्न मुलुकसँग श्रमसम्झौता गरी यहाको दक्ष जनशक्ती पलायन गराउन सरकार लालयित भएको कुरा हामी कसैबाट पनि छिपेको छैन ।

मलेसिया, कतार, दक्षिण कोरिया लगायतका मुलुकमा अथाह दुःख र पिडा खेपेर युवायुवतिहरु पसिना बगाउन बाध्य छन । सेप्टेम्बर ३० २०१९ सम्ममा ४२६५१ जना युवायुवतिहरु कोरियामा छन भन्ने सरकारी तथ्याङकले पुष्टी गरेको छ । भाषा पढेर लामो प्रक्रियापछि पैसा कमाउने सपना बोकेर कोरिया पुगेका युवायुवतिहरुको कथा सुनिनसक्नु छ ।

त्यहा पाएको दुख र हैरानीको कथाले जो कोही नेपालीहरुका आखा रसाउछन । किन युवायुवतिहरु विदेशी मुलुकमा गएर डेन्जर, डर्टी, डिमोरलाइज र डिफिकल्ट काम गर्न बाध्य छन ? के यो उनीहरुको रहर हो की बाध्यता ? चरम गरिबीले पिल्सीएको परिवारलाई माथी उठाएर शुखी जीवनयापनको सपना पूरा गर्ने आधार यहाँ बसेर युवायुवतिहरुले नदेख्नु स्वभाविक नै हो ।

विदेशमा गएर पैसा कमाउने अनि आएर विवाह गर्ने घर बनाउने युवाहरुको प्रतिष्ठाको विषय नै बनेको छ । विदेश बसेर आएको भन्दा उसको प्रतिष्ठा बढने किसिमको व्यवहार समाजले नै गर्न थालिसकेको अनुभव पाइन्छ । गाउमा त युवायुवतिहरु पाइदै पाइनन पूरै गाउ नै खाली बनाएर विदेशीनेको संख्या सोचिनसक्नु छ ।

पहिला ससस्त्र दन्द्धको समयमा विदेशसिनेको संख्या अत्याधिक थियो तर अहिले गणतान्त्रीक व्यवस्थामा बनेको जनताबाट शासित सरकारले पनि युवाहरुलाई रोक्न नसक्नु दुखको कुरा हो । सरकारीतहबाट श्रमसम्झौता गरेका मुलुकमा त नेपालबाट गएका श्रमिकहरुले भयावह दुख र यातनाको सामना गनुपर्छ भने अन्य मुलुक वा मानव तस्कारको फन्दामा परेर विदेशको भुमिमा पुगेको नेपालीहरुको हालत के होला ? यो मुलुकमा रोजगारीको अथाह सम्भावनालाई पहिचान गरी सरकारले विदेशीने युवायुवातिहरुलाई आफ्नै देशमा रोकेर राख्नका लागि ठोस रणनीति बनाउन ढिला भइसक्यो ।

हुनत संघीय अभ्यासमा तीन तहका सरकारहरु सन्चालनमा छन सोचे अनुसार गतिलिन नसक्नु स्वभाविक हो तथापी केही कदमहरु अगाडी बढाउन भने नसक्ने होइन । तिनैवटा सरकारका अधिकारहरु बाडफाड भएका छन तिनैवटा सरकारले कर उठाउने, अनुदान लिने सहयोग लिने र रोजगारीका सम्भावना पहिचान गरी उद्योग धन्दा सन्चालन गर्ने र युवाहरुलाई मुलुकमै राख्ने कार्यमा लाग्नुपर्ने हो ।

सरकारका युवा लक्षित कार्यक्रमहरुले पनि सोचेजसरी प्रतिफल दिन नसक्दा युवाहरुका लागि आकर्षणको केन्द्र बन्न सकेको कुरा सिद्ध छ । त्यसकारण श्रमसम्झौता गरेर सरकारले पठाएका कामदारहरुको अवस्थाका बारेमा पनि दुतवासमार्फत वा कुटनैतिक पहलमार्फत समयसमयमा उनीहरुको समस्यालाई निरुपण गर्न पहल गर्ने सरकारले कहिलै गरेन ।

एकपटक पठाएपछि ठूलै समस्या नपरुन्जेल सरकारले खोजी नगर्ने अवस्थाले पनि आज कोरिया, कतार, दुबै जस्ता मुलुकमा विदेशीको लात खाएर आफूलाई अपमान भएको महसुस गर्दै काम गर्नुपर्ने बाध्यतामा नेपालीहरु परेका छन । मुलुकमा रोजगारीको अवसर देखिदैन सरकारको कुनै ठोस कार्यक्रम पाइदैन, अनि परिवारमा गरिबीमा डुबेको छ अनि बाध्य भएर विदेशिनुपर्ने अवस्था देखिन्छ । त्यसकारण सरकारले युवाहरुलाई आफ्नै मुलुकमा अथाहा सम्भावनाहरुको खोजी गरी रोजगारी दिने कार्यमा ध्यान दिन जरुरी छ ।

आज दिनमा सयौ युवाहरु श्रमका लागि एयरपोटको प्रस्थान द्धवारमा लाम लागेको छन भने बिदेशबाट मृत्यु भएर बाकसमा प्याक भएर एयरपोटको आगमन दवारमा आउने त्यतिकै छन । यसले मुलुकको दक्ष जनशक्ती विदेशी भूमिमा गएर विलिनहुने श्रृङखला मौलाइरहेको तर्फ संकेत गरिरहेको छ । सरकारले विगतमा गरेका श्रमसम्झौताहरुको समिक्षा गर्नुपर्दछ कामदारहरुलाई कहा समस्या भयो भनेर हेर्ने गर्नुपर्दछ अनि समय अनुसार सम्झौता संसोधन गर्ने प्रक्रियामा कुटनितिक पहल हुन जरुरी छ ।

नत्र नेपाली कामदारहरुले सधै दुख पाइ नै राख्ने अवस्था देखिन्छ । अहिले विश्वमा तिब्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा रहेको धेरै नेपाली युवायुवतिहरु प्रताडित भएका खबरहरु उत्तिकै छन । कोरोना संक्रमणबाट मृत्यु भएका नेपालीहरुको लास विदेशी भुमीमा सडिरहेको खबर उत्तिकै पिडादायी छ । विदेशमा रोजगारको सिलसिलमा विभिन्न उपाय लगाएर गएका महिला तथा युवतिहरुको पिडा अखबारहरुमा पढिनसक्नु छन ।

अर्काको देशमा गएर विदेशीको हप्की खादै श्रम गर्न कसलाई पो रहर हुन्छ र । तर पनि आफ्नो अवस्था र नेपालमा वेरोजगार भएर बस्नुको पिडाले नेपाली युवायुवतिहरुलाई विदेश आकर्षणको केन्द्र बनेको छ । कसैले पनि कल्पना नगरेको महामारीबाट आज ति अर्काको मुलुकमा गएर पसिना बगाउनेहरुलाई सबैभन्दा धेरै दुखमा पारेको कुरा यो राज्यले कहिले बुझ्छ ? साहुको ऋण चर्को व्याजमा लिएर विदेशमा गएर नेपाली युवायुवतिहरुको आज कोरोनाले गर्दा रोजगार गुम्दैछ ।

उनीहरु विदेश मै वस्ने अवस्था पनि छैन नेपालमा आएर रोजगार पाउने अवस्था पनि देखिदैन । विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन संसदहरुले सरकारलाई आग्रह गरेका छन तर प्रधानमन्त्रीले विदेशमा रहने नेपालीहरुलाई तत्काल फर्काउन नसकिने भएको हुदा उनीहरु भएको मुलुकका सरकार प्रमुखसँग उनीहरुलाई त्यत्ति व्यवस्थित गर्ने हिसावबाट कुरा गरेको भनेतापनि विदेशमा अलपत्र परेका खबरहरु आउन रोकिएका छैनन । सरकारले प्राथमिकताका आधारमा जोखिम पहिचान गरी विदेशमा रहेका नेपालीहरुलाई ल्याने तयार हुदैछ भनेको छ । तर यस कार्यको ढिलाइले उनीहरुलाई झनै कोरोनाको जाखिम थपिरहेको बुझिन्छ ।

विदेशमा भागेर लुकीछिपी काम गर्ने नेपालीहरुको कथा झनै डरलाग्दो छ । उनीहरु कोरेनाको चपेटामा त्यत्तिकै परिरहेका छन । भएको काम पनि गुम्ने खतरा छ भने बाहिर निस्कदा प्रहरीको फन्दामा पुगिने डर त्यत्तिकै छ । यि बहुमुखी समस्याहरुबाट नेपालीहरुलाई निकाल्नका लागि राज्यस्तरबाट नै उचित पहल कदमी नभएसम्म निकै कठिन हुने देखिन्छ ।

विश्वलाई त्रसित बनाइराखेको कोरोना भाइरसले रोजगारदाता मुलुकहरु लकडाउनमा छन । विभिन्न समयमा लुकेर बसेका नेपालीहरु आम माफी पाएर नेपाल फिर्नका लागि प्रोसेसमा रहदा उनीहरु ४, ५ सयजना एकै ठाउमा कोचिएर नेपाल फिर्ने दिनको प्रतिक्षमा रहेका खबरहरुबाट पनि हाम्रो सरकार अनविज्ञ छैन होला । यस किसिमका समस्यामा रुमालिरहेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले कुनै जागर देखाएको पाइदैन ।

तिनै नेपालीहरुले कमाएको रेमीटेन्सबाट मुलुकको अर्थतन्त्र चलेको कुरा सरकारले नबुझेको हैन । अव नेपालीहरुको रोजगार नै धरापमा परेपछि उनीहरुबाट आउने रेमिटेन्स कटौति त अवस्था हुन्छ नै यसले अर्थतन्त्रमा पनि त्यत्तिकै प्रभाव पार्ने कुरा छदैछ । सरकारले यस कारोना संक्रमणको घडीमा नेपाल सरकार ती समस्यामा परेका युवायुवतिहरुको साथमा छ है भन्ने कुराको निर्कोल गर्न जरुरी छ । विदेशी मुलुकमा श्रम गर्ने क्रममा बलत्कार, हिंसा जस्ता दुव्र्यहारमा परेका युवतिहरुको कथा बेग्लै छ ।

अहिले कोरोना भाइरस संक्रमण महामारीको समयमा पनि कति युवति तथा महिलाहरु नेपाल फर्किन कागजात मिलाएर बसेका र केही महिलाहरुसँग बालबालिकासमेत रहेका खबर पनि सन्चारमाध्यमबाट आएको निकै भइसक्यो तर उनीहरुलाई ल्याउनका लागि सरकारले चाडो भन्दा चाडो पहल गर्नुपर्ने थियो । अहिलेसम्म पनि कुनै प्रगति नदेखिनुले पनि विदेशमा श्रम गर्ने नेपालीहरुको पिडाले यो सरकारको मन पोलेको छैन भन्ने सहजै अनुमान गर्न गार्हो छैन ।

त्यसकारण सरकारले कोरोनाले विदेशमा रहने नेपालीहरुलाई संक्रमण मृत्युको संख्या बढीरहेको हुनाले पनि यो बारेमा आवश्यक योजनासहित नेपालीहरुलाई आफ्नो देशमा ल्याउन तदारुक्ता देखाउनु पर्दछ । सरकारले यहि मुलुकमा उद्योग धन्दाहरुको विकास गरी युवायुवतिहरुलाई क्षमता अनुसारको काममा लगाउन सक्ने वातावरण बनाउने हो भने पक्कै पनि कोही पनि विदेश जादैनन भन्ने कुराको सन्देश सरकारले दिन जरुरी छ । यो कोरोना महामारी फैलिइरहेको अवस्थामा विश्वका करिब ६८ मुलुकमा करिब २३ लाख भन्दा बढी नेपालीहरुको मन चिढाउने काम सरकारले गर्नु हुदैन ।

सरकारले विदेशमा रहेको नेपालीहरुको समस्या सम्बोधनका लागि भाषमा मात्र हैन व्यवहारमा नै देखाउनु पर्दछ । बैदेशिक श्रममा जानुपर्ने बाध्यतालाई सरकारले पहिचानका साथ बुझिदिनु पर्दछ र उनीहरुलाई नेपाल ल्याउने अल्पकालीन र दिर्घकालिन खाका तयार गर्न ढिला गर्नु हुन्न । विशेषगरी महिला तथा युवतिहरुको सम्बेदनालाई ख्याल गरेर पनि सरकारले उद्धारको काम ढिला गर्नु हुन्न ।

तपाइँको प्रतिक्रिया ।