बूढानिलकण्ठ नगरपालिकामा ५ दिने क्वारेन्टाइन अनुभव ,केहि ज्ञान प्राप्त भएको समय

बूढानिलकण्ठ नगरपालिकामा ५ दिने क्वारेन्टाइन अनुभव ,केहि ज्ञान प्राप्त भएको समय

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १७ /विकास लामा 

विश्व भर कोरोना भाइरस  संक्रमण र  संक्रमितहरुका मृत्यु र कोरोना संक्रमण उपर बिजयी भएका मानिसहरुका बारे समाचारहरु सम्प्रेषण भैरहेका  थिए।

यस वेला कोरना संक्रमणका समाचार सम्प्रेषण र स्थलगत  रिपोर्टिङ्ग गर्ने क्रममा बूढानिलकण्ठ नगरपालिकाका केहि वडाहरु र नगरपालिकाको कार्यालय बाहेक कतै गएको अवस्था थिएन।

 बन्दाबन्दिको अवस्थामा विदेशबाट आएका चिनेका वा नचिनेका कसैलाई पनि भेट गरिएको थिएन , न अस्पताल नै गएको थिए। संचारकर्मीको काम समाचार संकलन र  सम्प्रेषण गर्ने भएको र यस्तो विषम समयमा जनतालाई सुसुचित गराउनु  आफ्नो कर्तव्य र दायित्व महसुस गरेर बन्दाबन्दिको अवस्थामा यसलाई  निरन्तरता दिईरहेका थियौ।

भनिन्छ “विषम परिस्थतिमा मैदानमा नउत्रिने पत्रकार बेन्चमा रहेको घाइते खेलाडी झैँ हुन्छ जसको नाम त् हुन्छ तर कुनै गौरवशाली पहिचान हुदैन” त्यसैले कोरोना कहरको विच आफ्नो कर्मलाई निरन्तरता दिने क्रममा बूढानिलकण्ठ नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि अग्रमोर्चामा  रही कार्य गर्ने , स्वास्थ्यकर्मी ,नगरपालिकामा रहेका कर्मचारी , सुरक्षाकर्मी ,संचारकर्मी एवं फोहोर व्यवस्थापनमा कार्य गर्नेहरुलाइ आरडिटि पदत्ति बाट परिक्षण गर्ने  सूचना जारि भएपछि नगरका स्वास्थ्य शाखा  संग सम्पर्क गरेर  निकै उत्साहित हुँदै पुरै आफ्नो टिमलाई  लिएर आरडिटि गर्न नगरपालिकाको परिसरमा पुगेका थियौ ।

परिक्षणका क्रममा आफ्ना  टिम बाट परिक्षण गराउने पहिलो सदस्यलाई  आरडिटि पोसिटिभ  देखाइसके पछि त्यहा एकएक  भय र तनावको स्थिति सृजना भएको थियो। निकै असामन्जस्यता र अन्यौल विच परिक्षण गराउदा  अन्तत मेरो पनि आरटिडिको रिपोर्ट पोसिटिभ  आयो त्यसपछि स्थिति झन तनावपूर्ण भयो ।

मेरो मनोभाव एकाएक परिवर्तन भयो भने मेरो वरिपरीको भौतिक माहोल र एक पल अगाडी त्यहा देखिएको आत्मीय दुरी पनि मौसम झैँ परिवर्तन भैसकेको थियो। जब आर टिडिको रिपोर्ट आयो र पोसिटीब  रिपोर्ट आएकाहरु छुट्टाइयो तब झन् मानसिक तनाव शुरु भयो ।

नर्सिङ्ग अधिकृत सामाजिक दुरी राख्दै होम क्वारनटाइन बस्ने वा नगरपालिकाले व्यवस्था गरेको क्वारनटाइन बस्ने भनेर आरडिटि पोसिटिभ  आएकालाई सोधिरहनु भएको थियो ।

उहाले  तपाईहरुमा देखिएको  रिपोर्ट अनुरुप भाइरस एक्टिभ रहेको भनि  जानकारी  गराउँदा मनमा अनेकन कुरा खेलिरहेको र मानसिक तनाव झन् बढ्दै गएको अनुभूति  सबैको अनुहारमा प्रष्टै झल्केको थियो।त्यो वेला उहाहरुको मुहार र मनमा देखिएको उद्देलन र आशंका विभिन्न रुपमा प्रकट भैरहेका थिए।

कोरोना सम्बन्धि पढेका आलेखहरु उक्त क्षणमा काम नलाग्ने अवस्थामा पुगेका थिए भने आफ्ना वरीपरि रहेका मानिसहरुका हेर्ने दृष्टिकोणमा यति चांडो डर सहितको फरकपन देख्दा के मलाइ  साचिक्कै कोरोना लागेको हो त ? भन्ने आभास भईरहेको थियो ।

यस्तो समयमा भाइरसको भय भन्दा पनि मानिसहरुको व्यवहारले मानसिक रुपमा बढी सताउने रहेछ।   त्यसपश्चात   पिसिआर गर्ने भन्दै म  नगरपालिका परिसर बाट आफ्नो बाइकमा नगरपालिकाकी  एउटा महिला कर्मचारी राखेर  छहारी भवन पुगे।

त्यहा पुग्दा प्रहरी प्रमुख, स्वास्थ्य शाखा  प्रमुख लगायतले  मलाई देखेर छक्क पर्दै भने ल तपाइँको पनि पोसिटिब  देखियो ? मैले तनाव भरेको स्वरमा “हो” भने र स्वाब  टेस्टका लागि बसे। घर मै सुरक्षित क्वारनटाइनमा बस्ने भए घर जाँदा हुन्छ भन्ने सुझाव  प्रहरी प्रभाग प्रमुखबाट आए पनि  केहि सोच्न सक्ने अवस्था थिएन के गर्ने ? के नगर्ने ?

यदि मलाई कोविड १९ को संक्रमण भईहाल्यो भने !  घर, टोल वडा , पुरै समाजमा संक्रमण फैलाउनु भन्दा पिसिआर रिपोर्ट आउदा सम्म छहारी भवनको क्वारेन्टाइनमा नै  बस्ने निर्णय  गर्दै मेरा सहकर्मी र म भवनको माथिल्लो तल्ला तर्फ लाग्यौं ।

दोश्रो तल्लामा एउटा हल क्वारेन्टाइनका लागि छुट्टाइएको थियो। जहाँ पहिले नै प्रसाशन प्रमुख , गुप्तचर  बिभागको कर्मचारी  र नगर प्रहरीका प्रमुख आ आफ्ना खाटमा बसिरहेका थिए।  प्रसाशन प्रमुखले  बिकाश सर पनि आउनुभो भन्दै भन्नु भयो । एक पटक त्यहाँ सवको अनुहार पढे सवमा सन्त्रास ,अन्यौलता,डर र उपेक्षित बनिएको भाव झल्किरहेको थियो।

 आइपुग्यो सर है सर भनेर हार्दिकता प्रकट गर्दै  झ्याल नजिकैको खाटमा आफ्नो क्यामेराको  झोला राख्दै मेरा सहकर्मी र  म  बस्यौं ।यसवेला  मानसिक  तनाव चरम सिमामा पुगेको थियो।   कुन दिनमा आएर आरडिटि टेस्ट गरेछौं ? भन्दै हामि करायौं पनि।

हामी बसेको स्थानमा आएर बुढानिलकण्ठ नगरपालिका वडा नं  ६ र ७ का अध्यक्षहरु आएर आज  खाने व्यवस्था गरिएको  र भोलि देखि   अर्कै ठाउँमा व्यवस्थापन गरेका छौं भनि टूथ ब्रस , मंजन, सबैको व्यवस्था गरिदिएर केहि चाहिएमा खबर गर्न अनुरोध गर्दै जानु भयो।

हामि बसे भन्दा पल्लो कोठामा ३ प्रहरी, १ स्वयं सेवी र माथिल्लो कोठामा नगरपलिकाको महिला स्वास्थ्यकर्मी  र महिला कमर्चारीहरु बसेका थिए ।त्यस वेला  दिमागले काम नगरेको अवस्थामा  धेरैको कल मोबाइलमा बजिरहे  कतिको  उठाइयो कतिको त्यतिकै बजेको हेर्दै बसियो ।

सायद  धेरैले सहानुभूतिका लागी गरेका थिए होलान वा कोरोना लागेको हो कि हैन? भनेर बुझन लाइ गरेका  थिए  होलान । पहिलो रात मानसिक तनावले गर्दा खाना नखाई पल्टियो खाटमा रात भरि सुत्न सकिएन । को कसलाई  भेटियो ? हप्ता भरि भन्दै सोच्दा  सोच्दै बिहान पख एकछिन सुतेको पत्तै पाइएन। जीवनमा यो रात बिर्सन नसकिने रातमा दर्ज भएको थियो।यो रात भरि धेरै स्मृतिहरु फिल्मको पर्दामा झैँ निरन्तर घुमिरहेका थिए।

दोश्रो दिन चिया र  पाउरोटी  लिएर  वडा ६र ७ का अध्यक्षहरु आइपुग्नु भयो र सामाजिक दुरी कायम गरि सबैलाई बाँडे र चियाको  चुस्की लाउँदै भोलि त रिपोर्ट आइहाल्छ अनि घर गइन्छ भन्दै गफ गाफ शुरु गर्यौं।

सबै भन्दा तल्लो कोठामा नेपालगंजबाट आएका व्यक्तिहरुको कुरा गर्दै , आरडिटि टेस्ट किटमा पोजिटिब देखिएका बेला नजिकैका  मानिसहरुले गरेका व्यवहारका बारेमा  प्रशासन प्रमुखको अनुभव सुन्दै दोश्रो दिनको शुरुवात भएको थियो।

त्यस पश्चात सबैले कोबिड १९ लागेको व्यक्ति झैं  व्यवहार गरिएको भन्दै सबै आ आफ्ना आक्रोश  व्यक्त गरिरहेका थिए।

कसरि हामि कोबिड १९ का संक्रमित भयौं ? एन्टी बडि टेस्ट गरेको भरमा हामीलाई छिछि र दुरदुरको व्यवहार गर्ने भन्दै उनीहरु तितो अनुभव साटीरहेका थिए।

बिहानै १ सय भन्दा बढी  कल  आइसक्यो घरमा टोलमा लाग्यो रे भन्दै छन् , तिनका परिवारलाइ नजर बन्द गर्नुपर्छ भन्ने कुराहरु बाहिर आएको सुचना प्राप्त भयो। तव  मेरो पनि मनमा  चिसो पस्यो कतै  मेरो नि घर, टोल तिर यस्तै माहोल त बनेको  छैन ?

आखिर जे सोचेको त्यहि  अवस्था भएको पाइयो , कसरि यो  हल्ला सुख्खा मौसममा  लाग्ने  डढेलो झैँ सल्कियो ? यस वारेमा  सोच्न बाध्य भईयो। बुझ्दै जादा अन्तत केहि मित्रहरुले फेसबुकका ग्रुपमा सेर गरेको प्रमाण पाइयो र जनप्रतीनिधिहरुले टोलमा फुक्दै हिंडेको पनि सुनियो।

पिसिआरको रिपोर्ट नआउदै  शिक्षित भनाउँदा तुच्छ मानसिकता बोकेका व्यक्तिहरुले  मिथ्यापूर्ण  हल्ला चलाएको देखेर तिनीहरु  शिक्षित नभई फटमुर्ख रहेछन भनेर महसुस भयो ।वहाँहरुले  हासिल गरेका शिक्षा खोक्रा किताबी ज्ञान रहेछन भनेर पनि बुझियो ।

अनि  समस्या पर्दा  ताली बजाउने , व्यंग गर्ने समेत पाइयो।  ल त्यो पत्रकारले सबैलाइ सार्यो है भन्ने व्यक्तिहरु पनि चिनियो ।यि  सव प्रवृतिलाई मुल्यांकन गर्दै  सकारात्मक  पक्ष भनेको चाही  भाइरल  भईयो  गाउँ टोलमा  भन्दै पिडालाई  हाँसोमा उडाइयो  र मानसिक तनाव कम गर्नका निमित्त मोबाईलमा गीत बजाएर सोह्र बर्षे उमेरैमा भन्ने गीतमा सबैलाई  नाच्न लगाइयो र नाचियो पनि ।

खाना खाइसके पछि दिउसोको समय प्रभाग प्रमुख हातमा पिज्जा बोक्दै आए र सबैलाइ बाँडे । ओहो आज त पिज्जा नै पो आयो खाजा भन्दै सक्ने जति खायौं, नसक्ने राख्यौं । सन्ध्याकालीन समयमा थप दुइ जना क्वारनटाइन भवनमा आउने कुरा भो एक नगरपालिकाको कर्मचारी र अर्को  वडा १ को स्वयंसेवी।

सात जना रहेको उक्त कोठा थप २ जना  आउँदा अब आरडिटि पोजिटिभवालाहरुको ट्याग टिम भन्ने भो भन्दै कुरा गर्दै बस्यौं।

अन्तत दोश्रो दिन आएका व्यक्तिहरुलाई  हामि सबैले  सोधेको पहिलो  प्रश्न थियो  आरडिटि रिपोर्ट  पोसिटिभ  आउँदा  वरी परि बसेका मानिसको व्यबहार कस्तो थियो ? उत्तर एउटै थियो हेर्ने दृष्टिकोण फरक ,भयपूर्ण नजर ! उत्तर हाम्रो जस्तै,अनि उनीहरुको अनुभव पनि !

अब यसले सबैलाई सार्यो भन्दैछिछि र दुरदुरको व्यबहार सहेर आएका सबै जनामा मानसिक तनाव झल्किन्थ्यो तर पनि हामी चुट्किला र आफ्ना रमाइला क्षणहरु साट्दै  मानसिक तनाव कम गर्ने प्रयास  गरेका थियौं ।

त्यहाँ  खान बस्नको व्यवस्था राम्रो थियो तर पनि मनको भित्र कुनामा रिपोर्ट  के आउला ? भन्ने त्रास यथावत थियो । क्वारनटाइनमा कति बेला सुतिन्छ  त्यसको केहि निश्चित समय तालिका थिएन भने त्यहा सबै जना प्राय  आ-आफ्नो फोनमा घोप्टो परेको देख्न सकिन्थ्यो ।
बिहिबारका दिन क्वरनटाइन बसे देखि पछिल्लो दिनमा मानसिक तनाव कम भएको  अवस्था थियो । आइतबार सम्म घर बाट खासै कल आएको थिएन तर त्यो दिन बिहान घर बाट बुवाको कल आउँदा मानसिक तनाव झन् थपियो ।

 केहि जान्ने टोले अगुवाले यो पत्रकारको  घरका मान्छेलाई यता पसल तिर आउनु बन्द गर्नु पर्छ भन्ने  सम्मको  भनाइ रहेको बुवा बाट  सुनेपछि ठिकै छ मेरो रिपोर्ट नआउन्जेल  बाहिर ननिस्कनु  रोग हो कसलाई लाग्छ लाग्दैन भन्ने   कुरा कसैलाई थाहा हुदैन भन्दै सान्त्वना दिने प्रयास गरे।

मैले  सतर्कता अपनाउदा पनि लाग्न सक्छ , यदि म  मा  कोविड १९ को भाइरस नै भए पनि अरुलाई संक्रमण  नहोस भनेर क्वराण्टाइन  बसेको हो भन्दै  बुवालाइ संझाउने कोसिस गरे ।

सामान्य मानिसहरुलाई आरडिटि टेस्ट र कोरोना संक्रमणका बारे खासै जानकारी छैन ।  त्यहि भएर डर र त्रासले उक्त कुरा गरेका हुन् भन्ने मेरो बुझाई रहयो।

जन प्रतिनिधि  र स्वास्थ्य कर्मी नै यस बिषयलाई  लिएर अलमल्ल थिए अरु को के कुरा  गर्नु।सबै दरिद्र मानसिकता भएका मानिसहरु भन्न खोजेको पनि हैन ।

यस क्रममा केहि व्यक्तिहरु म र मेरो कामलाइ मन नपराउने तर संख्यात्मक हिसाबमा मलाई माया र सद्धभाव राख्ने , हौसला प्रदान गर्ने महानुभावहरुको संख्या धेरै पाएँ ।त्यति बेला मलाई लाग्यो यतिका बर्ष स्थानीय स्तरमा मैले गरेको कार्यहरुबाट आर्जेको त यहि असिम माया नै रहेछ ।

आइतबारको राति  पहिलो समूहको पिसिआर टेस्ट रिपोर्ट नेगेटिब आयो भन्ने  खबर  प्रसाशन प्रमुखले बताए पछि मनमा केहि राहतको महसुश भयो र साथै थप २ जना मित्रहरुको पनि नेगेटिब आउनेमा बिश्वस्त भयौं र   सम्झाई बुझाई गरी सुत्नलाइ भन्यौं ।

तर मनमा के  डर  थियो  भने बाँकी साथिहरु मध्ये एकलाई पिसिआर  पोजिटिभ  देखियो भने हामी सम्पूर्ण फेरी १ हप्ता क्वारनटाइन बस्नु पर्ने अवस्था आउन सक्छ  । पुन स्वाब टेस्ट गर्नुपर्ने हुन्छ । त्यो अवस्था  नआओस   भन्दै मन मनै प्रार्थना गरेका थियौं ।

 अन्तत क्वाराण्टाइनमा रहेका सम्पूर्णको पिसिआर रिपोर्ट नेगेटिब आएपछि महिला स्वाथ्यकर्मीहरुले नाचेर खुसियाली मनाए भने अन्तिम दिनमा मासु भात खाएर नेगेटिभ नतिजाको उत्सव मनायौं। एउटा अघोर युद्द जिते जस्तो भयो  ।

यस विचमा  मेरा अग्रजहरुले दर्शाएको माया र सदभावको बलमा कोरोना लागे पनि पराजित गर्ने साहस बटुलेको थिए।

मलाई गौरव र खुसि लागेको छ अनि परेको बेला भाग्ने र थपडी मार्नेको जमात भन्दा माया र गर्ने व्यक्तित्वहरु धेरै देख्दा अझै अग्रमोर्चाको पहिलो लहरमा उभिएर योगदान गर्ने उर्जा भरिएको छ।

यो ६ दिने बसाईको जटिल समयमा मलाई सहयोग गरिदिनु हुने सम्पूर्णलाई मेरो नमन।

( बुढानिलकण्ठ संचार गृह (बिएसजी न्युज) का संस्थापक लामा क्रियाशील पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।