बुढानिलकण्ठ-२ चपलीमा शंकास्पद अवस्थामा प्रेसर कुकर भेटियो, सेनाको टोलि द्वारा डिस्पोज

बुढानिलकण्ठ-२ चपलीमा शंकास्पद अवस्थामा प्रेसर कुकर भेटियो, सेनाको टोलि द्वारा डिस्पोज

कपन अनलाइन

काठमाडौं, फागुन १९  ।

बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

निर्वाचन कार्यालयबाट २०० मिटर तल  चपली स्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शङ्कास्पद बस्तु भेटिए पछि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए ।

चुनाव बिथोल्न सक्रिय समूहले कुकुरमा सलाईको काँटी समेत हालेर तार जोडेर छाडेको अवस्थामा सो प्रेसर कुकर भेटिएको थियो  । मध्यराति फेला परेको शङ्कास्पद बस्तु बुधवार बिहान सेनाको चन्दन नाथ गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

अहिले सो क्षेत्रमा आवागमन सुचारु भएको छ ।

तपाइँको प्रतिक्रिया ।