डर त्रास फैलाएर मतदाता भड्काउने कामको हामी भत्सर्ना गर्दछौ : उद्दव प्रसाद खरेल

डर त्रास फैलाएर मतदाता भड्काउने कामको हामी भत्सर्ना गर्दछौ : उद्दव प्रसाद खरेल

पन अनलाइन

काठमाडौं, फागुन १९।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का निर्वाचन परिचालन कमिटी संयोजक उद्दव प्रसाद खरेलले संक्षिप्त प्रेस बिज्ञप्ति जारी गर्दै डर त्रास फैलाएर मतदाता भड्काउने कामको हामी भत्सर्ना गर्ने बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको निर्वाचन कार्यालय भन्दा २०० मिटर तल चुनिखेल जाने बाटोमा शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएपछि बिज्ञप्ति जारी गर्दै पुर्व नगर प्रमुख समेत रहेका खरेलले  निर्वाचन को मुखैमा कार्यालय छेउ निर्वाचन बिथोल्ने वा शान्ति सुरक्षामा खलल पुर्याउने कार्य निन्दा योग्य रहेको बताएका छन।

प्रेस बिज्ञप्ति :

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको काठमाण्डौ क्षेत्र नं ४ को  क्षेत्रीय निर्वाचन कार्यालयको २०० मिटर आसपासमा अज्ञात समुह को नाममा एक प्रेसर कुकर बम राखिएको जानकारि हुनासाथ सुरक्षाको टोलि आइ निश्कृय बनाउने काम भएको छ।

निर्वाचनको मुखैमा कार्यालय छेउ निर्वाचन बिथोल्ने वा शान्ति सुरक्षा खल्बल्याइ डर त्रास र भय को बातावरण सृजना गरि मतदाताहरुलाइ भड्काउने अवस्था सृजना गर्ने कुनै पनि कामको नेकपा एमाले क्षेत्र न ४ निन्दा र बिरोध गर्दछ। तसर्थ आम मतदाताहरु उत्साहका साथ निर्वाचनमा सभागि हुन अपिल गर्दछ।

उद्दव प्रसाद खरेल

संयोजक

निर्वाचन परिचालन कमिटी

काठमाण्क्षेडौ त्र नं  ४ नेकपा एमाले

तपाइँको प्रतिक्रिया ।