वर्तमान विश्वको बिग्रँदो अवस्था र संसदमा डा.राजन भट्टराईको आवश्यकता

वर्तमान विश्वको बिग्रँदो अवस्था र संसदमा डा.राजन भट्टराईको आवश्यकता

कपन अनलाइन

काठमाण्डौ,फागुन १७/अविनास पाख्रिन 

पछिल्लो समय विश्व राजनीतिक,आर्थिक र सुरक्षा दृष्टिले जटिल मोडमा पुगेको छ। संयुक्त राष्ट्र संघका विभिन्न प्रतिवेदनहरूले पनि विश्वव्यापी द्वन्द्व, आर्थिक अस्थिरता, जलवायु संकट र शक्तिराष्ट्रहरू बीचको तनाव बढ्दै गएको देखाएको छ।

अहिले विश्वका विभिन्न क्षेत्रमा युद्ध भैरहेका छन भने शक्ति रास्ट्र विचको टकराव निकै बढेको छ। यस्तो जटिल भू राजनीतिक अवस्थामा संसदमा विश्व राजनीति बुझेको व्यक्तित्व डा. राजन भट्टराईको आवस्यकता रहेको चर्चा बहिरहेको छ।

नेपालको अन्तराष्ट्रिय सम्बन्ध निकै जटिल र फितलो बनेको अवस्थामा भट्टराई जस्तो सुझबुझ र अनुभव भएको व्यक्ति संसदमा हुदा देशलाई नै फाइदा पुग्ने देखिन्छ।

युक्रेन–रूस द्वन्द्व, मध्यपूर्वको अस्थिरता, अमेरिका–चीन प्रतिस्पर्धा, आपूर्ति श्रृंखला संकट तथा जलवायु परिवर्तनका प्रभावले साना राष्ट्रहरू प्रत्यक्ष प्रभावित भइरहेका छन्। यस्ता चुनौतीबीच नेपालजस्ता मुलुकका लागि सन्तुलित कूटनीति, आर्थिक कूटनीति र बहुपक्षीय सम्बन्ध सुदृढीकरण अत्यन्त आवश्यक देखिएको छ जसलाई सफल बनाउने कला र अनुभव डा. भट्टराईमा देखिन्छ।

 परराष्ट्र नीतिमा संलग्न भइसकेका कारण अन्तर्राष्ट्रिय सम्बन्ध, छिमेकी मुलुकहरूसँगको सन्तुलन र बहुपक्षीय फोरममा नेपालको उपस्थितिलाई प्रभावकारी बनाउने क्षमता उनको बलियो पक्षका रूपमा हेरिन्छ।

विश्व अर्थतन्त्र सुस्ताइरहेका बेला वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन, व्यापार सन्तुलन र विकास साझेदारी सुदृढ बनाउनु नेपालका लागि चुनौतीपूर्ण छ। कूटनीतिक समझ र अन्तर्राष्ट्रिय नेटवर्क भएको नेतृत्वले यी क्षेत्रमा पहल गर्न सक्ने व्यक्तित्व डा. राजन भट्टराई हुन् ।

अस्थिर विश्व परिवेशमा आन्तरिक राजनीतिक स्थिरता र स्पष्ट राष्ट्रिय दृष्टिकोण आवश्यक हुन्छ र अनुभवी नेतृत्वले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दीर्घकालीन रणनीति बनाउन सक्ने व्यक्तित्वका रुपमा भट्टराई रहेका छन।

समग्रमा वर्तमान विश्व परिस्थितिले नेपाललाई सक्षम, अनुभवी र कूटनीतिक समझ भएको नेतृत्वतर्फ ध्यान दिनुपर्ने संकेत गरेको छ। यस सन्दर्भमा डा. राजन भट्टराईजस्ता अनुभवी नेताको भूमिका आवश्यक हुन सक्ने बहस राजनीतिक वृत्तमा देखिन थालेको छ।

तपाइँको प्रतिक्रिया ।