सहयोगी समाज नेपाल संस्था गोकर्णेश्वर ८ लाइ खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग
कपन अनलाइन
काठमाडौं,जेठ १५। गोकर्णेश्वर नगरपालिका वडा नं ८ प्रकृतिनगर स्थित सहयोगी समाज नेपाल संस्थालाई बुधबार खाद्यान्न सहित शैक्षिक सामग्री सहयोग गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाको प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाको पहल तथा “Help” संस्थाका संचालक जिम्मी लामाको सहयोगमा खाद्यन्न तथा शैक्षिक सामग्री सहयोग गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ पकृतिनगरमा संचालित सहयोगी समाज नेपालमा हाल १६ जना अभिभावक विहीन, असहाय बालबालिकालाई आश्रय लिईरहेका छन् ।उक्त संस्थालाई ३ बोरा चामल सहित खाद्यन्न र शैक्षिक सामग्री सहयोग गरिएको थियो । “सहयोगी समाज नेपाल” संस्थाका संचालकले यस विषम परिस्थितिमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।