लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ द्वारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग

लायन्स क्लब  इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ द्वारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग

कपन अनलाइन

काठमाडौं जेठ १५ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले स्वास्थ्य सामग्री सहयोग गरेको छ। आफ्नो स्थापना कालदेखि नै विभिन्न मानविय तथा सामाजिक सेवामा अग्रणी स्थानमा रहेर काम गरिरहेको लायन्स क्लब इन्टरनेसनलले बुधबार  काठमाडौं शिक्षण अस्पताल महाराजगंज, कान्ति बाल अस्पताल र एम्बुलेन्स चालकहरुलाई  कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सुरक्षा  सामाग्री सहयोग गरिएको  हो । लायन्स क्लबले शिक्षण अस्पताल महाराजगंजलाइ ७ थान पीपिई ७ थान भाइजर र ५ सय वटा सर्जिकल मास्क सहयोग गरिएको हो।

त्यसै गरि कान्ति बाल अस्पताललाइ १० थान पीपीइ ,१० थान भाइजर र ५ सय थान सर्जिकल मास्क सहयोग गरिएको थियो भने सो क्षेत्र बाट संचालित एम्बुलेन्स चालकहरुको समूहलाइ १० थान पीपीइ सहयोग गरिएको  लायन्स क्लब डिस्ट्रिक ३२५ ए१  निबर्तमान गभर्नर लायन अन्नत प्रसाद भेटुवालले कपन अनलाइन लाइ जानकारी गराए । उक्त सामग्री बुधबार लायन्स क्लबका  GAT एरिया लिडर लायन खगेन्द्र सिटौलाले हस्तान्तरण गरेका थिए उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, भर्खरै डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन टंक बहादुर श्रेष्ठ, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन कर्मा गुरुङ लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थित रहेका थिए ।

यस अघिपनि लायन्स क्लबले लकडाउन बाट प्रभावितहरुलाई  डिस्ट्रिक ३२५ ए१ मा स्थापना गरिएको  फुड बैक मार्फत खाद्यान्न सहयोग गर्दै आएको थियो भने लायन्स क्लबले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि  नेपाल सरकारलाइ ५७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो  । “जहाँ आवश्यकता त्यहा लायन्स “भन्ने मूल मन्त्रलाइ आत्मासाथ गरि WE SERVE को  नारा सहित कोरोना प्रकोप संग जुद्धै ,सहयोग अभियान जारी राखेको छ  ।

तपाइँको प्रतिक्रिया ।