वामदेव गौतमको मुखबाट माओवादीको रणनिति !

९ जेठ,काठमाडौ। सोमवार प्रमुख तीन दल र मधेशी मोर्चाविच भएको वार्ताले समाधान त ल्याएन नै,उल्टो प्रत्युत्पादक सावित भयो। रातमा एक अर्कालाई ‘सराप्दै’ दलका नेतहरु वार्ता स्थलबाट निक्लिए।

कांग्रेस र एमालेका नेताले माओवादीको नियतका प्रश्न उठाए पनि माओवादी र मधेशी मोर्चाका नेताले कांग्रेस र एमालेले संघियता  नै नचाहेको आरोप लगाए।
 सवैको ध्यान खिच्न सफल भए एमाले उपाध्यक्ष वामदेव गौतम। कुनै वेला माओवादीसंग एकदम नजिक रहेका र प्रचण्डका हितैषि मानिएका उनले माओवादीको मनसुवामा प्रश्न उठाउँदै माओवादी ‘रणनिति’को खूलासा समेत गरिदिए।
गौतमका अनुसार माओवादीले मधेशी मोर्चासंग मिलेर  तीन खेल एक साथ खेलेको छ।
 उनका अनुसार पहिलो माओवादीले सरकारमा बस्ने र आन्दोलन पनि जारी राख्ने रणनीति लिएको छ।दोस्रो- मधेसी-जनजातिलाई आन्दोलन गर्न उचाल्ने र सडकबाट दबाब दिइरहेको छ।तेस्रो- सहमति जुटाएर संविधान निर्माणको प्रयास गरेजस्तो देखाए पनि अरू दलभित्र विभाजन ल्याएर दुईतिहाइ बहुमतका आधारमा आफूले चाहेजस्तो संविधान जारी गर्ने कोशिस गरिरहेको छ।
कुनैवेला माओवादीप्रति नरम मानिएका गौतमका पछिल्ला विचार भने ओलीसंग मिल्ने खालका छन बने उनले गरेको विश्लेषण दुइ-चार वर्ष माओवादीले भन्ने गरेको तीन ‘स’ अर्थात सडक,संसद र सत्तासंग मिल्ने खालका छन्।
तपाइँको प्रतिक्रिया ।