एमाले उपाध्यक्ष राईद्धारा ३१ जना सभासद सहित राजिनामा दिने चेतावनी

९ जेठ,काठमाडौ।  नेकपा एमाले उपाध्यक्ष अशोक राईले एकल जातीय पहिचानका पक्षमा एमाले नगए पार्टी छोड्ने  चेतावनी दिएका छन्। नेकपा एमालेको  स्थायी समितिको बैठकले एकल जातीय पहिचानका आधारमा प्रदेश बनाउन नसक्ने निर्णय गरेपछि उपाध्यक्ष राईको यो प्रतिक्रिया आएको हो।

उनीसंग कम्तिमा ३१ जना सभासदको समर्थन रहेको एमाले स्रोतले बताएको छ।पार्टीले एकल जातिय पहिचान स्विकार नगरे  जनजाति सभासदले सामुहिक राजीनामा दिने संभावना एमालेको रहेको बताइएको छ। केही समय यता एमालेका जनजाती सभासदहरुको नेतृत्व उपाध्यक्ष राई गरेका छन्।
तपाइँको प्रतिक्रिया ।