माओवादीमा नयाँ समिकरण: प्रचण्ड राष्ट्रपति, बादल प्रधानमन्त्री !

९ जेठ, काठमाडौ । एकिकृत नेकपा माओवादीभित्र देखिएको दुई संस्थापन पक्ष र वैद्य पक्ष एक भएको छ । दुई पक्षको विवाद तत्कालका लागी अन्यभएको बताइएको छ। दुई पक्षबिच राष्ट्रपति प्रचण्ड र प्रधानमन्त्री रामबहादुर थापा बादललाई बनाउने सहमति भएपची दुई पक्षबिचको विवाद अन्त्य भएको बताइएको छ ।

यस्तै जातीय पक्षको नारा दिँदै आएको वैद्य पक्षकै बाटोमा ११ प्रदेशबाट पछाडी हटेर आएको भन्दै वेध्य पक्ष अहिले भने प्रचण्डसँग खुसी भएको छ । वैद्य पक्षले जेठ १४ नजिकिँदै गर्दा मुलुकमा अराजकता मच्चाउने र सोही अराजकताको बलमा सत्ता कब्जा गर्ने गर्ने षड्यन्त्र बुन्दै आएको थियो । अहिले प्रचण्डले पनि त्यसमा साथ दिएको बुझिएको छ । प्रचण्ड र वैद्यबिच भएको सहमतिमा पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई अब कुनै पनि समयमा प्रधनामन्त्रीको उम्मेदवारका रूपमा नउठाउने सहमति पनि भएको स्रोतले दावी गरेको छ । धोबिघाट गठबन्धन अघि र पछी दुवै समयमा बाबुरामलाई प्रधानमन्त्री नबनाउने सुरमा वैद्य पक्ष रहेको भएपनि वैद्य, बाबुराम र नारायणकाजी बिच भएको गठबन्धनका कारण जबरजस्ती प्रधानमन्त्रीका रूपमा बाबुरामलाई समर्थन गरेका थिए । तर प्रधानमन्त्री बनेलगत्तै बाबुरामले आफ्नो पक्षलाई वास्ता नगरेको भन्दै बाबुरामको राजीनामा मागेका थिए ।
आफूलाई राष्ट्रिय स्वाधिनताको पक्षपाति मान्ने र बाबुरामलाई भारतीय लबीका विश्वासिलो पात्र मान्ने वैद्य पक्षले भारतसँग बाबुराम सरकारले गरेका हरेक सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध गर्दै आएको थियो । यस्तै, अहिले भएको भनिएको प्रचण्ड र वैद्य पक्षबिच भएको सहमतिमा वैद्य पक्षले ाबुरामले गरेका सम्झौतालाई राष्ट्रघाती मान्नुपर्ने बताए पनि प्रचण्ड भने मौन रहेको स्रोतको दावी छ ।
यो समाचारलाई आज प्रकाशित दृष्टी साप्ताहिकले छापेको छ ।
तपाइँको प्रतिक्रिया ।