बालबालिकालाई माया र सदभावको खाचो

बालबालिकालाई माया र सदभावको खाचो

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १३ /गोविन्द बिक 
अधिकांस अभिभावकको चाहाना आफ्ना छोराछोरी भविस्यमा असल नागरिक भएर समाजमा इज्जतका साथ बाच्न सकुन र आफ्नो बुडेसकालको सारथी बन्न सकुन भन्ने नै हुन्छ । आफ्ना सन्तानलाई आफूले अपेक्षा गरेजस्तो बन्नका लागि अभिभावकको नाताले पूरा गर्नुपर्ने जिम्मेवारी के अधिकासं अभिभावकहरुले पूरा गरेका छन त ? यसमा एक पटक विचार गर्न आवश्यक छ ।

स्वभावैले पनि बालबालिका अलिक चन्चले हुन्छन् भनिन्छ । उनीहरुको सर्वाङर्गीण विकासका लागि चाहिने आधारभुत कुराप्रति हामी कति सचेत छौ भन्ने कुराको हेक्का सबै अभिभावकमा हुन आवश्यक छ । हरेक अभिभावकले बालबालिकाप्रति गर्ने व्यवहार तथा हेर्ने दृष्टिमा तात्विक भिन्नता पाइन्छ ।

समग्रमा एकै शब्दमा भन्दा लाउन खान दिएकै छ विद्यालय पठाएकै छ यहाँ भन्दा के गर्नु भन्ने खालको संक्रिण सोचाइले गर्दा बालबालिकाहरुले सहि मार्ग समाउन अलमलिरहेको पाइन्छ । बालबालिकाहरुलाई गर्ने व्यवहारले उनीहरुको विकासमा गहिरो प्रभाव पारिराखेको हुन्छ । बालबालिकाहरुमा उमेर अनुसार आउने परिवर्तनहरुमा अभिभावक परिचित नहुदा अभिभावक र बालबालिकाबीचको सम्बन्धको दुरी फराकिलो हुदै गएको पाइन्छ ।

अनुशासनका नाममा बालबालिकाप्रति वयष्कहरुले आफ्नो हुकुम लादीहरेका छन् । बालबालिकाहरुलाई विभिन्न वाहानामा दिइने शारिरिक तथा मानसिक सजाएले उनीहरुमा विद्रोही भावनाको विकास भइरहेको कुरा हामी अभिभावकहरुलाई पत्तै हुदैन ।

हिजोको परिवेश र आजको परिवेशलाई तुलना गर्ने हो भने आजको परिवेशमा हरेक बालबालिकाहरु सामाजिक सन्जालको दुनियामा रमाउन चाहिरहेको हुन्छ । एउटा सानो कोठामा बसेर विश्वलाई नियाल्ने प्रयत्न आजको बालबालिकाले गरिरहेको हुन्छ । यसलाई हामी गलत मार्गको संकेत गर्छौ ।

आफ्ना सन्तानको माया सबैलाई हुन्छ तर उक्त माया देखाउने तरिका थाहा नुहदा आफूबाट उनीहरु टाढिने वातावरण बन्दै जान्छ । बालबालिकाहरुलाई सहिमार्गमा ल्याउने उपायको रुपमा सजायलाई अङिगकार गरेको पाइन्छ । कतिपय अभिभावकहरु विद्यालयमा गएर यसलाई मैले तह लाउन सकिन त्यसैले दरोगरी भाटा दिएर तह लाइदिनु पर्यो भन्ने गरेको पाइन्छ । यो व्यवहारले बालबालिकाहरुमा नकरात्मक असर गर्नुका उनीहरुमा क्रोधीपनाको विकास हुन जान्छ ।

बालबालिकाहरुप्रति गरिने व्यवहार  ख्याल नगर्दा उनीहरुले मृत्युको भयावह अवस्थालाई स्वीकार गर्न बाध्य भइरहेका छन । बालबालिकासम्बन्धी राष्ट्रिय नीति २०६९ को बुँदा नम्बर ८.२५ मा बालबालिकालाई घरमा, विद्यालयमा, कुनै संस्थामा काम गर्र्नेे ठाउँमा वासमुदायमा सबै प्र्रकारका दुर्व्यवहार ,वञ्चितीकरण, शोषण, हिंसा र भेदभावतथा शारीरिक सजाय एवम् सबै प्रकारका यातनाहरुबाट सुरक्षित गर्न आवश्यकहुने भनिएको छ । यस हिसावबाट पनि बालबालिकाहरुलाई सकरात्मक व्यवहार गर्न आवश्यक छ ।

दण्ड र सजायले होइन माया र स्नेहले उनीहरुलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा सचेत हुनु जरुरी छ । बालबालिकाहरुलाई दिइने सजायले मनोवैज्ञानिक रुपमा उनीहरु विचलित भएर गलत बाटो समाउने प्रवल संभावना रहन्छ । हरेक बालबालिकाहरु फरक सस्कारबाट आउने हुनाले सबैको रुची र व्यवहार एउटै नहुने कुराप्रति शिक्षक वर्ग सजग हुनुपर्ने देखिन्छ । उनीहरुको वास्तविक परिवेशलाई ठम्याउन नसक्दा सजायको सहारा लिन पुग्छन् शिक्षकहरु ।

कक्षामा एउटा बालकले गृहकार्य गरेन भने उसलाई सबैको अगाडी सजाय दिनुको सट्टा किन गृहकार्य गरेन भनेर वास्ताविकता पत्ता लगाउन आवश्यक छ । शिक्षक भनेको बालबालिकाको हरेक समस्या पत्ता लगाउने र बालबालिकालाई विश्वास दिलाएर साथीत्वको भावना विकास गर्ने ऊर्जा पनि हो । आफ्नो समस्या सहजरुपमा भन्न सक्ने वातावरण बालबालिकाका लागि तयार गर्ने कि हैकमबादी रटानबाट उनीहरुलाई चिडाउने कुरा गम्भीर छ ।

पुरातनवादी विचारले आजको सिकाइ फेल हुने दिशातर्फ गइरहेको त होइन ?बालबालिकाको पारिवारिक अवस्था, साथी संगत, सामाजिक परिवेश, समुदायगत मान्यता तथा संस्कार, उमेरगत परिवर्तन, मनोबैज्ञानिक धरातल लगायतका विषयमा शिक्षकले खोजतालस गरेपछि मात्र एउटा बालक किन गृहकार्य गर्दैन, किन भनेको मान्दैन, किन सधै अरु भन्दा पछाडी हुन्छ, किन परिक्षामा फेल हुन्छ ? आदि कुराको समस्या पत्ता लाग्न सक्छ ।

शिक्षा नियमावली २०५९ (संसोधन सहित) मा परिच्छेद २२, नियम १३३ शिक्षकले पालन गर्नुपर्नेआचारसंहिताको उपनियम १ ट माविद्याथीलाई शारीरिक मानसिक दण्ड दिन नहुने व्यवस्था गरेको छ । यसले नीतिगत रुपमा कुनैपनि बालबालिकाहरुलाई दण्ड तथा सजाय कसैले पनि दिन नहुने कुरालाई बुझन सकिन्छ तर व्यवहारिक रुपमा यसको अभ्यास कमैमात्रामा भएको छ ।

बालबालिकाहरुलाई सकरात्मक व्यवहार गर्ने सोच कसरी आयो ? भन्ने विषयको इतिहासलाई हेर्दा सन् १९२० मा अमेरिकाका मनोवैज्ञानिक डा. अल्फ्रेड एड्लरले सबैभन्दा पहिले अभिभावकत्व शिक्षासम्बन्धी विचार अगाडि सारेका थिए र उनले प्रतिपादन गरेको विचारहरूमा बालबालिकालाई सम्मानजनक ढङ्गले व्यवहार गर्नुपर्ने यदि उनीहरूसँग नराम्रो व्यवहार गरेमा सामाजिक तथा स्वभावगत समस्याहरू आउने कुरा गरेका थिए । त्यसैगरी सन् १९२० को सुरुवाततिर अष्ट्रियाको राजधानी भियनामा बालबालिकासँग कक्षामा सम्मानजनक व्यवहार गर्नपर्ने प्रविधिहरूको पहिचान भएको थियो ।

सन् १९३० को पछिल्लो समयमा अमेरिकाका डा. ड्रेइकुरसले यो प्रविधिलाई अमेरिका भित्रयाउने काम गरेका थिए भने डा. ड्रेइकुरस र एडलरले शिक्षण सिकाइ तथा अभिभावकत्वलाई लोकतान्त्रिक किसिमले बालबालिलाई व्यवहार गर्नुपर्ने प्रष्ट विचार अगाडि सारेको पाइन्छ । त्यसैगरी बालबालिकालाई दिइने शारीरिक दण्ड सजाय माथि अनुसन्धानगर्ने क्रममा सन् २००२ मा कोलम्बिया विश्वविद्यालयका मनोवैज्ञानिक डा. एलिजावेथ थम्पसन जर्सोफले शारीरिक दण्ड सजाय सम्बन्धी ८८ वटा घटनाहरूको गहन अध्ययन गरेकी थिइन यसमध्ये १३ वटा अध्ययनहरूले शारीरिक दण्डसजायले बालबालिका माथि गम्भीर असर पार्ने गरेको कुरा देखाएको थियो ।

यसरी बालबालिकाहरुलाई सकरात्मक व्यवहार गर्नका लागि सबैलाई सजग गराउनुपर्ने विचार आएको पाइन्छ । उनीहरुलाई नकरात्मकतातिर लान छिटो हुन्छ तर सकरात्मक परिवर्तन गर्न समय लाग्ने कुरा अभिभावकलाई थाहा हुनुपर्छ । बालबालिकाले गरेको गल्तीलाई सजाय दिएर रिसाएर रोक्ने चेस्टा गर्नुभन्दा पनि उक्त गल्तीबाट हुने असरको बारेमा उनीहरुलाई ज्ञान दिने र गल्तीको सिकाइबाट गल्ती नदोहोर्याउने वातावरण तयार गर्ने दायित्व अभिभावक तथा शिक्षक सबैको हो ।

हामीले दिएको संस्कारको प्रतिफल नै भोलीको उनीहरुको उज्जल भविस्यको संकेत हो भन्ने बुझाइ हुनु जरुरी छ । बालबालिकाको पछि लाग्ने हामीसँग समय नै हुदैन अनि कसरी हामीले चाहेजस्तो भोलीका दिनमा हाम्रो बालबालिका असल सारथी बन्छ ? बालबालिकाको गलत कार्यको बयान हामी तुरुन्तै गर्छौ भने उसले गरेको असल कामको बयान हामी गर्न समय हुदैन ।बालबालिकाहरुले गरेको गलत कामको बारेमा कसैलाई पनि कुरा नगरौ । उसलाई मात्र राखेर त्यसको असरको बारेमा भन्ने बानी बसालौ जसले गर्दा गल्ती स्वीकार गरी नदोहोर्यान पे्ररित हुन्छन । जहिले पनि बालबालिकाको प्रसंसा गर्न पछि नपरौ ।

हामीले गरेको प्रसंसा नै उसको लागि प्रगतिको एउटा खुडकिलो हुन सक्छ । हामीले बालबालिका प्रति हैकमबादी शासन लाद्न खोजिउ भने उसले ठुलठुला गल्तीहरु लुकाउदै जान्छ र त्यसले परिवार तथा समाजमा गम्भीर असर पर्न सक्छ । हामीले उसलाई एक थप्पड हानेर ठिक ठाउमा एकछिनको लागि त ल्याउन सकिएला तर मानसिक रुपमा ऊ ठिक ठाउमा अएको हुदैन । मुहानमा फोहोर भएपछि धारो मात्र सफा गरेर पानी सफा भयो भने जस्तै हो । त्यसकारण बालबालिकाहरुलाई मानसिक रुपमा सकरात्मक व्यवहार गरेर परिवर्तनको मार्गमा लान सक्नु भनेको हाम्रो पुरातनवादी सोच आजैबाट हटाउने अभ्यासमा लाग्नु हो ।

उनीहरुको हरेक कुरा सुनिदिने समय आभिभावकमा हुनु पर्छ जसले उनीहरुमा मैत्रीभावको विकास हुन सक्छ । बालबालिकाको संवेदना  अभिभावकहरु जहिलेपनि सजग र सचेत भएको अवस्थामा मात्र समाजमा एउटा असल नागरिकाको हैसियत कायम गर्न सक्छ उसले । बालबालिकालाई कठिन परिस्थतीको सामना गर्ने संस्कार दिन आवश्यक छ ।

उनीहरुको सवल र दुर्वल पक्षहरु केलाएर सवल पक्षलाई बढाउदै लाने र दुर्वल पक्षलाई छोडदै जानेकुरामा उनीहरुलाई अभ्यास गराउन आवश्यक छ । त्यसकारण बालबालिकाहरुलाई दण्ड र सजायहरु दिएर होइन माया र सदभावले उनीहरुलाई सकरात्मक व्यवहार गर्ने बानीको विकास गर्न आवश्यक देखिन्छ । बालबालिकाको मानसिकतालाई विकसित परिवेशसँग दाजेर केलाउन नसक्दा परिवार प्रतिको दुरी भावनात्मक रुपमा टाढिदै जाने कुरामा सजग हुनुपर्दछ ।

आफ्नो रिस साम्य पार्ने माध्यमको रुपमा बालबालिकालाई हेर्नु महा मुर्खता नै हो । कुनै गल्ती हाम्रा लागि रिस आवेग हो भने उसका लागि सिकाइ पनि हुन सक्छ । यसको मतलव उनीहरुले गरेको गल्ती ठिक भन्दै जानु भन्ने होइन । गल्ती फेरी नगर्ने वातावरण तयार गर्न समय निकाल्नु भन्ने हो । कर्तव्य पालनासगै दायित्वबोधमा उनीहरुलाई तल्लिन गराउनु सम्पूर्ण अभिभावकाको जिम्मेवारी हो ।

 

तपाइँको प्रतिक्रिया ।