राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा पुनः माधव ढुंगेल नियुक्त

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा पुनः माधव ढुंगेल नियुक्त

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १३ ।

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमामा पुनः माधव ढुंगेल नियुक्त भएका छन । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष नै रहेका ढुंगेललाइ दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो ।

ढुंगेल चार वर्षअघि युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त भएकाढुंगेलको दोस्रो कार्यकाल पनि चार वर्षको हुनेछ । अनेरास्ववियुका पुर्व अध्यक्ष ढुंगेल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य हुन्।

रामेछापका ढुंगेलले पहिलो कार्यकालमा युवा परिषदको संस्थागत विकास र संजाल विस्तारमा महत्वपर्ण भूमिका खेलेका थिए।

तपाइँको प्रतिक्रिया ।