मुस्कुराई रहेकी माईनगर (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ११ /अर्जुन दुलाल
माटोले हरिया लगाई फरिया हाँस्दैछ झैँ लाग्दछ
हावामा सब वृक्ष फिरफिर गरी नाच्दैछ झैँ लाग्दछ
गर्दा हुन् गफती उडेर पुतली देखेर सौन्दर्य यो
फुल्छन् पुष्प अनेक लाग्दछ अहो साँच्चै यही स्वर्ग हो ।।१।।
हेर्दैछन् विपिकाकतै लखनका सत्कर्मका सालिक
हाँस्दैछन् मन दङ्ग भै कन यहाँबोलेर गुम्बासित
भाषा भेष अनेक छन् सब यहाँभिन्नै छ त्यो संस्कृति
लेख्दैछन् सब चर्च मन्दिर यहाँतीएकताकामसी ।।२।।
सारा पुष्प अनेक छन् सयथरी छर्छन् सधैँ वासना
यस्तो सुन्दरता र भिन्न पन त्यो भेटिन्छ कुन् लोकमा?
माई छन् अझ छन् गलेश्वर यहीँतीतीर्थ देवालय
आमाकाममता र प्रेम सबले प्यारो छ मेरो थल ।।३।।
हेर्दा ती हरिया र स्वच्छ रमिता देखेर त्यो फाँटमा
डुल्थेरे भगवान कृष्ण पनि यैँ गोपालका साथमा
को हो को वनमाबनिकनकतै क्वैली चरी गाउँछन्
आऊ डुल्न भनीबगान हरिया डाकेर बोलाउँछन् ।।४।।
खोला छङ्छङ गर्दछन् पयरमा लाएर कुन् पाउजु
गर्दा ध्यानपुगीती स्वच्छ तटमा आनन्दत्यो पाउँछु
सारा वृक्ष रमाउँछन् पवनलेनै गीत गाएछ कि ?
साँच्चै सुन्दर स्वर्गको प्रकृतिले त्यो ताज लाएछ कि ।।५।।
झिक्दै श्लोक नयाँ भुलाउँछ मनै गीतामहाभारत
आस्था धर्म जगाउँदैछ त्रिपिटक् तीग्रन्थबाईबल
यस्तो पृथकता र भिन्न पन त्यो के स्वर्गमा मिल्छ र ?
बारी यो सय पुष्पको अति ठुलो साँच्चै छ है सुन्दर ।।६।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक