गगन थापाको भारतीय मिडियालाई चेतावनी “कुटनीतिक मर्यादा ख्याल गरे मात्र मित्रताको अर्थ रहन्छ”

गगन थापाको भारतीय मिडियालाई चेतावनी “कुटनीतिक मर्यादा ख्याल गरे मात्र मित्रताको अर्थ रहन्छ”

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ८।

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले  विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपाली सम्मले  भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी देशको सीमा र राष्ट्रिय स्वाभिमानको विषय उठाउनु पर्ने बताएका छन।

घरभित्रका अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन् भन्दै थापाले रास्ट्रिय विषयमा सबै एकै स्थानमा हुने र एकै स्वरमा लिपुलेक, कालापानी,लिम्पियाधुरा हाम्रो भूमि हो भनेर भन्नुपर्ने बेला आएको बताएका छन।

कुटनीतिक मर्यादाको ख्याल गरे मात्र मित्रताको अर्थ रहन्छ भन्दै थापाले  सवै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिनुपर्ने वेला आएको धारणा राखेका छन।

सांसद थापाको सन्देस :

भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी भनौँ:
घरभित्रका अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन्
तर,देशको सीमा र राष्ट्रिय स्वाभिमानको विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपालीसम्म,
सडकदेखि सदनसम्म,मधेसदेखि हिमालसम्म, देशभित्र रहेका वाहिर रहेका सवै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिएर एकै स्वरमा भनिरहेका छाैं लिपुलेक, कालापानी,लिम्पियाधुरा हाम्रो भूमि हो । हस्तक्षेप बन्द गर। हाम्रो भूमिबाट फिर्ता जाऊ,हाम्रो सार्वभौमिकताको सम्मान गर। कुटनीतिक मर्यादाको ख्याल गर। अनि मात्र हाम्रो मित्रताको अर्थ रहन्छ।

तपाइँको प्रतिक्रिया ।