कोविड-१९ महामारी र बाँझोपन

कोविड-१९ महामारी र बाँझोपन

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६ /प्रिती बिष्ट ( बस्नेत)

कोरोनाभाइरस महामारीले जीवनलाई अकल्पनीय तरिकामा परिवर्तन गरेको छ| महामारीको क्रममा संक्रमित बिरामीहरूको उपचारका लागि ठुला अस्पताल र चिकित्सा केन्द्रहरू खुला अवस्थामा रहेपनि, देश भर प्रजनन स्वास्थ्य सम्बन्धि केन्द्रहरु प्रत्यक्ष्य रुपमा बन्द रहेका छन् भने केहि ले सीमित परामर्श सेवा र केहि खास तथा आपतकालिन अवस्थाका लागि मात्रै खुला गरि सेवा दीईरहेका छन्।

हामीले हाम्रो जीवन स्मृतिमा कहिल्यै पनि महामारीको भयानक र असाधारण प्रतिक्रियाहरू अनुभव गरेका छैनौं।क्लिनिकल ईमब्र्ययोलोजिस्ट र बाँझोपन सल्लाहकारको रूपमा म असंख्य निसन्तान दम्पत्तिहरूको बारेमा सोचिरहेको छु जसले बाँझोपन परामर्श तथा प्रजनन उपचार विघटन, स्थगित वा रद्द गरेका छन्।

सम्भवतः लामो,पीडादायी र कष्टकर यात्रा गरेर, धेरै चुनौतिहरूको सामना गरेर, अन्ततः उपचार सुरु हुने अवस्थासम्म पुग्न वा उपचार सुरु गर्न लाग्नु भएको बेला, उपचार विकल्पहरूको अप्रत्याशित र अकस्मात स्थगनले थुप्रै बिरामीहरूलाई उनीहरूको प्रजनन भविष्यको बारेमा अनिश्चितताको अवस्था सिर्जना गरिदिएको छ।यदि तपाईं पनि बाँझोपन परामर्श तथा उपचारका बारे म सोचिरहनु भएको थियो अथवा आफ्नो उपचार सुरु गर्न लाग्नु भएको थियो वा यो पहिले नै चलिरहेको छ भने, यस्तो अवस्थामा तपाइको मनमा अनिश्चितता र चिन्ताका प्रश्नहरु उब्जिनु स्वाभाविक हो।

कोरोनाभाइरसले कसरी प्रजनन क्षमता र गर्भावस्थामा असर गर्छ?

– गर्भवती हुने प्रयास गरेर संक्रमणको सम्भावना बढ्ने भने होइन।आउने केहि समयमा धेरै व्यक्तिहरू कोविड-१९ बाट संक्रमित छन् र हुनेछन्। तिनीहरु मध्ये कति व्यक्ति संक्रमित हुन्छन् भन्ने कुरा अड्कल गर्न अहिले को परिस्तिथिमा निकै नै गाह्रो देखिएको छ। संक्रमित हुनेहरू मध्ये धेरैमा निको भए पछि पनी शारीरिक, मानशिक पुनर्स्थापनाका लागि केहि समय लाग्ने चिकित्शकहरुको भनाइ छ।

 त्यसैगरी कोविड-१९ले महिला तथा पुरुष प्रजनन शक्तिमा कस्तो दिर्घकालिन प्रभाव पार्दछ वा पार्दैन, विशेष गरी विकासको शुरुवाती चरणहरूमा, वा यसले गर्भवती महिलाहरूलाई कत्तिको गम्भीर बिरामी पार्न सक्छ भन्ने कुराको निष्कर्ष अझै निस्केको छैन । तसर्थ, यस्तो अन्यौलपूर्ण वातावरणमा सकेसम्म प्रजनन स्वास्थ्य सम्बन्धि उपचार स्थगित गर्न र गर्भधारण नगर्न दम्पत्तिहरुलाइ सुझाउ दिइनछ । रोग प्रतिरक्षा प्रणाली कम्जोर भएकाहरुले झनै महामारीको शुरुवात देखि सुझाइएको सावधानी अपनाउनु पर्दछ।

के कोरोनाभाइरसले अण्डा (डिम्ब) वा शुक्रकिटलाई असर गर्दछ?

कोरोना वाइरसले अण्डा (डिम्ब)लाइ वा  शुक्रकिटलाई पार्ने असरका बारेमा धेरै अध्धयनहरु भएका छैनन्को।रोना वाइरस बाट संक्रमित बिरामीहरुम देखिने ज्वोरो, स्वास प्रस्वास को समस्या र तनाबका कारण शुक्रकिट उत्पादन र त्यसको प्यारामिटरहरूमा गडबडी आउन सक्दछ। यद्यपि ,यसको बारेमा कुनै निष्कर्षमा भने अहिले सम्म पुगिएको छैन। यदि तपाईंलाइ फ्लू जस्तो लक्षणहरू देखिएको छ भने, सम्बन्धित चिकित्शक संग परामर्श लीइ प्रजनन चिकित्सा उपचार स्थगित गर्नु पर्दछ।

के मेरो उपचारका क्रम मा फ्रिज गरिएका  भ्रुण, अण्डाहरू, वा शुक्राणुहरू सुरक्षित छन्?

हो, यदि उपचार स्थगन गरेको खण्डमा फ्रिज ( क्र्योप्रेजेर्व)  गरिएको अण्डा, शुक्राणु वा भ्रुणहरूको सुरक्षाको लागि तत्काल कुनै खतरा छैन। क्लिनिकसँग फ्रिज गरिएको भ्रुण, अण्डाहरू र शुक्राणुहरू रहेको तरल नाइट्रोजन का ट्यांकहरु सुरक्षित राख्ने प्रबन्ध र प्रक्रियाहरू हुन्छन्।

मैले निसन्तान उपचार गराईरहदा मेरो कोरोना भाइरसको संक्रमण परीक्षणमा नतिजा पोजिटिव देखायो,अब मैले के गर्नु पर्छ?

यस अवस्थामा तपाईंले आफ्नो निसन्तान क्लिनिकलाई तुरून्त सूचित गर्नुपर्दछ जसले गर्दा तपाईंको उपचारमा सबै आवश्यक समायोजनहरू गर्न मिलोस ।

यस महामारीको बखत निसन्तान/ बाँझोपनको  बिरामीहरूले के गर्नुपर्छ?

बाँझोपन जीवन अत्यधिक तनावपूर्ण छ भने कोविड-१९ महामारी जस्ता सार्वजनिक स्वास्थ्य आपतकाल ले यसमा अझै अनिश्चितता थपिदिएको छ। यस बखत सम्भावित आमाबाबुले मात्रै नभई सबै जनताले सरकारले सुझाएको दिशानिर्देशहरू पछ्याईकन कोरोनाबाट बच्नु जरुरी छ।
* आइ. भी.एफ / आइ.यु. आइ जस्ता निसन्तान उपचार बीच मै स्थगित गर्नु परे भ्रुण, शुक्रकिट वा डिम्ब ( अन्डा) फ्रिज गर्ने विकल्पका बारे छलफल गर्ने।
*निकट भबिष्यमा थालिने उपचारको परामर्श अनुरुप योजना बनाउने।
*उपचार थालनी गरिसक्नु भएको दम्पत्तिहरु ले आ-आफ्नो चिकित्शक संग सल्लाह गरी अहिलेको समयमा कसरी आफ्नो शारीरिक तथा मानशिक अवस्थालाई स्वास्थ्य राख्ने भन्ने बारे बुझ्न सकिन्छ।

*-त्यसैगरी, पोषिलो खाने कुराहरु खाने ,लक्डाउन भएको बेला घरमै नियमित ब्ययाम तथा ध्यान गर्ने र आफ्नो स्वास्थ्य को ख्याल राख्ने।
*अस्पताल जानै परे आफु संक्रमित व्यक्तिको सम्पर्क आएको नआएको अथवा कोविड-१९ को लक्षण देखिएको – नदेखिएको चिकित्शक संग स्पष्ट पार्ने।
*महिनावारी भएको- नभएको, भएको अवस्थामा मिति रेकर्ड गरेर राख्ने, प्रजनन समबन्धि समस्या देखिए स्वस्थकर्मी को सहयोग लिने।

त्यसैगरी उपचार परामर्श लिन चाहने दम्पत्तिहरु ले बाँझोपन केन्द्रमा सम्पर्क गरी टेली-मेडिसिनद्वारा उचित परामर्श लिन सक्नु हुन्छ र तपाईंको उपचार प्रकिरियाको लागि तयारी गर्न सुरु गर्न सक्च्नु हुनेछ। सम्भव भएमा तपाईंको उपचारको लागि सम्पूर्ण जानकारी लिनुहोस्। यदि तपाईंले अहिले नै तयारी गर्नुभयो भने, जानजीवन सामान्य हुने बित्तिकै उपचार सुरु गर्न तयार हुनुहुनेछ।

(बुढानिलकण्ठ-१० निवासी बस्नेत  क्लिनिकल इम्ब्रोयोलोजिस्ट हुन् )

तपाइँको प्रतिक्रिया ।