गोकर्णेश्वर- ४ मा एक व्यक्तिमा कोरोना संक्रमण,वडा शिल गर्ने तयारी

गोकर्णेश्वर- ४ मा एक व्यक्तिमा कोरोना संक्रमण,वडा शिल गर्ने तयारी

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ७।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा एक व्यक्तिमा कोरोना संक्रमण देखिए संगै वडा शिल गर्ने तयारी गरिएको छ। करिव १ हप्ता  अगाडी भैरहवा बाट काठमाडौं फर्किएका ति व्यक्तिको PCR जाच पोजिटिभ आए संगै वडामा उच्च सतर्कता अपनाइएको छ।

५५ वर्षका ति पुरुष गोकर्णेश्वर -४ किसिगालमा बस्दै आएका थिए। उनलाई उपचारको प्रवन्ध गर्दै उनको सम्पर्कमा आएकाहरुको विवरण संकलन गरि वडालाई शिल  गर्ने तयारीमा रहेको वडा नं ४ ले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।