“रिपोर्ट नेगेटिभ छ” (कविता )

“रिपोर्ट नेगेटिभ छ” (कविता )

कपन अनलाइन
काठमाडौं ,जेष्ठ ६ /गरिमा पाण्डेय

मौसमी रुघाखोकी र
ज्वरोले गर्दा थकित छ मान्छे
छिमेकीले भन्छ कोरोना भएछ ।

ऊ मनमनै त्रसित र भयभीत छ
नभएको कोरोनाको त्रासले
मानसिक छटपटी र
अत्यासको आगोमा जलिरहेको
भित्रभित्रै निस्सासिन्छ
सास लिन नसकेर
जीवन मरणको दोसाँधमा
एक मुठी सास बोकेर
बाँच्ने आसमा छट्पटिरहेछ मान्छे
छिमेकीको घृणा र तिरस्कार सहेर
केही सहयोगी र उदार मनको सहारामा
कोरोना परीक्षणको लागि
हस्पिटलको ढोका चहारिरहेछ ।

रुघा, खोकी र ज्वरोको पीडित देखेर
जीवनका ठेकेदार चिकित्सक र स्वास्थ्यकर्मीहरू
निधार खुम्च्याउँदै पन्छिन खोज्छन्
बाँच्ने जिजीविषा बोकेको मान्छे
हस्पिटलको बेडमा पनि उपेक्षित भएर
निराश अनि तिरस्कृत छ।

तपाइँको प्रतिक्रिया ।