मेलम्ची – १ का “राहतका लागि काम” को रकम पाउदा ४२ परिवार दंग

मेलम्ची – १ का “राहतका लागि काम” को रकम पाउदा ४२ परिवार दंग

कपन अनलाइन

सिन्धुपाल्चोक ,जेष्ठ ६।

मेलम्ची नगरपालिकाको निर्णय अनुसार सप नगरपालिकाको वडा नं १ मा राहतका लागि काम अभियानमा सहभागी भएका ४२ परिवारले रकम भुक्तानी पाएका छन।

मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको प्रमुख आतिथ्यतामा भएको रकम प्रदान गर्ने कार्यक्रममा सो अभियानमा समावेस भएकाहरुलाई ६ दिनको रकम प्रदान गरिएको थियो।

केवल राहत लिदा हिनताबोध हुने गरेको तर काम गरेर यो रकम प्राप्त गर्दा आत्मसम्मान बढेको बताउदै उक्त अभियानमा सामेल व्यक्तिहरुले खुसि व्यक्त गरेका छन।

मेलम्ची नगरपालिकाका अन्य वडामा पनि यो अभियान जारि रहेको जानकारी दिदै उपप्रमुख नेपालले नगरपालिकाले स्थानीय जनशक्ति र उत्पादनको उपयोग र प्रवर्धन गर्ने नीति लिएको बताएकी छन।

तपाइँको प्रतिक्रिया ।