सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल (सोसोन) सिन्धुपाल्चोक गठन

सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल (सोसोन) सिन्धुपाल्चोक गठन

कपन अनलाइन

सिन्धुपाल्चोक ,जेष्ठ ३।
विद्यालय तहमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरुको विषयगत संस्था ‘सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसोन)’को सिन्धुपाल्चोक जिल्ला शाखा गठन भएको छ । जिल्लामा कार्यरत सामाजिक शिक्षकहरुको अनलाइन भेलामार्फत शनिबार शाखाका पदाधिकारीहरु चयन गरिएको हो ।

बुद्धोदय मावि, लिसंखुपाखरका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा गठित ९ सदस्यीय समितिमा उपाध्यक्ष अमृता सापकोटा, सचिब लेखनाथ भट्टराई, कोषाध्यक्ष जगन्नाथ रिजाल रहनुभएको छ भने सदस्यहरुमा माधब अधिकारी, सहि कु. राई, पुष्कर रायमाझी, मुना के.सी., सरला रेग्मी रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा श्री तेर्से मावि, तालामाराङका प्रधानाध्यापक कृष्णप्रसाद ढुंगाना र बालशिक्षा मावि, खाडीचौरका प्रधानाध्यापक बासु पौडेल रहनुभएको छ ।

कार्यक्रमको सहजीकरण लक्ष्मण श्रेष्ठले गर्नुभएको उक्त अनलाइन भेलामा समाजका केन्द्रीय अध्यक्ष महेन्द्र विष्ट, उपध्यक्ष द्वय शान्ता ढकाल र सूर्य गुरुङ , महासचिव ज्ञान बहादुर अधिकारी कोषाध्यक्ष, सुशिला ढकाल लगायतको सहभागिता रहेको थियो ।

जिल्लाभरका सामाजिक विषय अध्यापन गरिरहका सबै शिक्षकहरुलाई क्रमशः आवद्ध गराउँदै विषयगत दक्षता र पेशागत विकासमा सहयोग पुर्याउने गरी अनुभव तथा सिकाइको आदानप्रदान सहित विभिन्न सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्न तत्काल योजना बनाइ अगाडी बढ्ने नवगठित जिल्ला समिति अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।