मान्छे र कोरोना बिचको द्वन्द्व (कविता )

मान्छे र कोरोना बिचको द्वन्द्व (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३ /नबिन केसी

मान्छे र कोरोना बिचको द्वन्द्व यहा, चलेको चलै छ ।
औषधि पानीले निभाउन नसक्ने आगो,बलेको बलै छ।

भन्दै गर्दा जान्नी भएछ भनेर कसैले, नभनी दिनु है ।
बाचे सन्सार देखिएला यि अर्ति उपदेश,सरि लिनु है ।।

बढ्दो छ भिडभाड जताततै मानिसको छ हुल ।
जिन्दगिमा यो जत्तिको अरु कुनै नहोला हाम्रो भुल।।

आज केहि छैन हुदैन केहि भन्दै नगरौ है जिद्दी ।
लागी हाल्यो भने भगुवानले पनि गर्न सक्दैनन सिद्दी ।।

नजिक नजिक आको छ कोरोना भाइरसको महामारी ।
सामाजिक दुरिको ख्याल गरि बसौ सबै बनौ सदाचारी ।।

मिची मिची साबुन पानीले पटक पटक हात धोउ है ।
दैनिकी रुपमा नुहाई धुवाई मुखमा मास्क पनि लगाउ है।।

आत्म शक्त्ती बढाई योग ब्यायाम गरि निरासालाई हटाउ ।
घरी घरी घर बाहिर जाने बानिलाई क्रमश सबैले घटाउ ।।

सकारात्मक सोच सृजनशिल कार्यले रोग सङ्ग लड्न सक्दछ ।
यस्ता उपाय मा भुल गरेउ भने यो महामारी बढ्न सक्दछ ।।

मान्छे जन्मे पछि भन्दछन मृत्युु आ आफ्नो भाग भोग हो ।
प्रकृति को रिति नै मास्ने गरि आएको कोभिड १९  रोग हो ।।

सन्सार जिते पनि प्राणिहरुको मृत्यु प्रती नै सबैको डर छ ।
कसैको बिस्वास रहेन अब मात्र भगुवान प्रती सबको भर छ।।

(केसी बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष हुन् )

तपाइँको प्रतिक्रिया ।