शाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

काठमाडौं, ३ जेठ — शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको घोषणा गरेको छ ।

सन् २०१८ अक्टुबरदेखि संचालनमा आएको यस ब्राण्डले नेपालको स्मार्टफोन बजारमा पहिलो पटक नेतृत्व गरेको छ ।शाआमीे सन् २०२० को पहिलो त्रैमासिकमा नेपालका लागि स्मार्टफोन नेतृत्वमा उकालो लागेको छ भने सामसुङ्ग र भिभोले पछ्याइरहेका छन् । सन् २०२० मा ३०.९५ बजार सेयरका साथ नेपालमा बिक्री भएका शिर्ष १० स्मार्टफोनहरु मध्य ४ शाओमी डिभाइसहरु रहेका थिए ।
समग्र स्मार्टफोन सिपमेन्ट, आईडीसी त्रैमासिक मोबाइल फोन ट्रयाकर, पहिलो त्रैमासिक सन् २०२० को  स्मार्टफोन विक्रेता बजार सेयरका आधारमा निम्न कम्पनि हरु उत्कृस्ट ५ मा रहेका छन ।
१ शाओमी – ३०.९५
२ सामसुङ्ग – १८.६५
३ भिभो – १२.३५
४ ओप्पो -१०.०५
५ लाभा – ५.३५

शाओमीले सन् २०१८ मा आधिकारिक रुपमा संचालनमा आएदेखि पहिलो पटक सन् २०२० को प्रथम त्रैमासिकमा नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको छ भने  सन् २०२० को प्रथम त्रैमासिकमा ३०.९५ बजार सेयरको साथ अग्र स्थानमा रहेको छ।

विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिकमा शाओमी दोस्रो ठुलो स्मार्टफोन विक्रेता भन्दा ६६५ ले ठुलो छ भने  नेपालमा दोस्रो ठुलो र तेस्रो ठुलो स्मार्टफोन विक्रेताको संयुक्त रुप भन्दा ठुलो छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले  पहिलो पटक स्मार्टफोन बजारमा अग्रणी भएको र शाओमी नेपालमा यो हाम्रो लागि उत्साहजनक क्षण रहेको बताएका छन ।

ब्राण्डले सफल फेस्टिव सेलकोे रूपमा बजारमा नियमित वृद्धि देख्यो । कम्पनी अनलाइन बिक्री साझेदार डराज डट कमको सबै सेल्स इभेन्टहरुमा नम्बर १ थियो र शाओमीको दशैं बिक्रीले ब्रान्डलाई ठूलो योगदान  शाओमीले एक बर्षमा देशभरि ३५० मी प्रिफर्ड पार्टनर पसल सहित ९०० भन्दा बढि अफलाइन साझेदारहरू स्थापना गरेको छ।

तपाइँको प्रतिक्रिया ।