पर्खाल विनाको सिमाना (कविता )

पर्खाल विनाको सिमाना (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३ /रामकुमार पण्डित क्षत्री

पर्खाल विनाको सिमानाले
विना रूख फलाइदिन्छन्
जातजातकाफलफूलहरू
विना खेती उब्जाइदिन्छन्
रहरीलाअन्नपातहरू
विनाखानी
आइदिन्छन् पेट्रोलियमपदार्थहरू
के आउँदैन
जे चाहियो सबै आउँछ
राज्यको डोकोमा करको दूध दोहोएर
मेरो गाउँको भरियाको
पाइताला ढाक्ने चप्पलदेखि
सहरमा राज गर्ने
मालिकको मुकुटसम्म
पशुपतिले लाउने चन्दनदेखि
कोरोनाले पार्ने बन्धनसम्म
आइदिन्छन् चन्दनको रूख भएर
चन्दनको सुवासले मुग्धभएर
चन्दनकै रूखको जराजुरीमा
साँपले घर बनाउनु त
प्राकृतिकता नै हो
को जान सक्छ
प्रकृतिको नियमविरुद्घमा

पर्खाल विनाको सिमानाले
घुसपैठको चट्रयाङ बजार्छ
हावासँगै उडाएर लैजान्छ
यहाँउन्मुक्तिमिलेका
हरुवा, चरुवा, कमैयाका
मैयाहरूलाई पत्कर बनाएर
बगाइदिन्छ साउनको नदीले
मान्छेको सिप, विज्ञता, क्षमतालाई
मलिलो माटो बनाएर
डालेले काफल बेचेझैँ
बेचिदिन्छ कुमारीत्व चेलीबेटीको
नाटकको पात्रबनाएर
यहाँकुर्सी सती जान्छ उनको
आफैँ कोठीको दास भएर
जनताले पाएउन्मुक्ति
सतीप्रथा र दास प्रथाबाट
चन्द्र शमशेरले गरेर
थाहा छैन
कुर्सीले उन्मुक्तिकहिले पाउँछ ?
यहाँपिर्का, ठेउका, मुढाहरू भन्दा नि
आफु नाङ्गो देखेर
दाँतलुकाइङिचिक्क हाँस्छ कुर्सी
जित्नेहरूले दाह्रानिकालेर
अट्टहास गर्ने रणभूमिमा
हरुवाकुर्सीले सधैँ हारेकै सपना देख्छ
टुटे फुटेको, दनदनी बलेको सपना देख्छ
खुलासिमानाभत्काएर
पर्खाल लाएको सपना देख्न त
पिर्का, ठेउका, मुढाहरूको
मुस्कानले बनेको कुर्सी हुनुपर्छ
सपनालाई साकार पार्न
बुद्घको मन र जङ्गेको जोस हुनुपर्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।