तीन मुक्तक !

तीन मुक्तक !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३ /मन्जु थापा

 एक 

भित्रभित्रै यहाँचलखेल हुन्छ
भ्रष्टचारीले निकै जाल बुन्छ
बाँडे भन्छन् असी करोड राहत
खै त जनताकिनभोकले रुन्छ ?

दुइ 

मृत्युसँग लडीबडी गर्दै डुब्छिन् जन्मदिन रगतमा
भगवानपनिखुसी हुन्छन् निश्चलरुपीभगतमा
लागी पर्छिन उनी सधै खुसी राख्न यस धर्तीमा
आमा नै हुन् भोकैबसी सन्तानपाल्ने जगतमा ।

तिन

डाक्टर पनि त भगवानको स्वरुप हुन्छन्
तिनिहरु पनि कोरोनाको कहर देखेर रुन्छन्
दिनरात लागि रहन्छन् बिरामीको सेवामा
तिनीहरुको मर्म यहाँ खै कस्ले पो सुन्छन् ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।