उजाड वृक्ष (कविता )

उजाड वृक्ष (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३/दिपु बस्नेत

 

उजाड वृक्ष मत सुकेको खहरे रहेछु

हरियो बनको उजाड वृक्ष भएछु ।

 

न कुमालेको घट्टा घुमाउन सके

न त शहिदको सट्टा मर्न सके

मत सुकेको खहरे रहेछु

हरियो बनको उजाड वृक्ष भएछु ।

 

न बहिनीको डोली पठाउन सके

न प्यारीको सिउदो भर्न सके

मत सुकेको खहरे रहेछु

हरियो बनको उजाड वृक्ष भएछु ।

 

न पुजा गर्न सके बनेर पुजारी

बन्न सकिन बाबू आमाको छ्हारी

मत सुकेको खहरे रहेछु

हरियो बनको उजाड वृक्ष भएछु ।

तपाइँको प्रतिक्रिया ।