गोर्खाली (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ३ /त्रिलोचनआचार्य
गोर्खालीशिर लत्रेको देखेर जननी मन
रुन्छ–रोइरहेकै छ, गल्दैछ अझझन्झन
भन्छिन्– ‘छोरा पराईले कुल्चँदा सहँदै नहेर्
सन्तानवीर पुर्खाको ‘वीरता’युक्त भै तँ हेर्’ ।
आँखा हेरिरहेकै छस् मुटु छामेर भित्र हेर्
आमाको जिउमा घाउ कति छन् मानचित्र हेर्
फोटा अमर भक्तिका के भन्दैछन् गएर हेर्
हेप्नेलाई ‘नमस्कार’ गर्नेझैँ नभएर हेर् ।
दुख्दैछ धरती कोहीचिमोट्दै छ निरन्तर
बितण्डा ननिकाझिक्दै लखेट्दै छ सधैँभर
यस्तोमा लोभमाफस्दै ङिच्चगर्दै त्यतानहेर्
सेतो हिमालमाकालो खस्नु हुन्नत्यतातँ हेर् ।
नदुःखे चित्त तेरो खै भन्ने हो कसले बरा ?
चम्कन्छिन् वीरताबाटै ‘बीर भोग्या बसुन्धरा’
‘कालीवारी पस्यो पारी बस्नुपर्ने’ यसोरी हेर्
भुत्ते भयो अहो ! तेरो खुकुरी त्यो कसोरी ? हेर् ।
कुराले चिउरा भिज्दै भिज्दैन कामथालिदे
किनिन्न सुख्ख पैसाले स्वार्थका लामफालिदे
के काम ढोडको लौरो तँत्यस्तो बन्न छाडिदे
कलङ्क लाग्छ अर्काको खोइरो खन्न छाडिदे ।
लामो चित्कार सुस्ताको सुन्दै दक्षिणर्फ हेर्
बग्दैछ लिपुको आँसु फेरि पश्चिमतर्फ हेर्
तीन करोड उठ्दैछन् खबर्दार भनेर हेर्
भएन यसरी बाबु ‘तँपर्खाल बनेर हेर्’ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक