चन्द्रागिरी नगरपालिका जेठ ७ गते सम्म सिल गरिएको छ :नगर प्रमुख घनश्याम गिरि

चन्द्रागिरी नगरपालिका जेठ ७ गते सम्म सिल गरिएको छ :नगर प्रमुख घनश्याम गिरि

कपन अनलाइन

काठमाडौं जेठ ३। चन्द्रागिरी नगरपालिका ७ गतेसम्म सिल गरिने भएको छ ।अर्को सूचना नआएसम्म आज दिउँसो १२ बजेदेखि ७ गते बिहान ६ बजेसम्म घर बाहिर हिँडडुल गर्न रोकिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी गराए  । काठमाण्डौको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकामा  ६ जनाको  कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि कडाइ गरिएको जानकारी गराउदै  बिरामी हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गर्ने, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको उनले बताए ।

नगरपालिका भित्रका औषधी पसलबाहेक अन्य पसल र विकास निर्माणका काम गर्न समेत रोक लगाउने निर्णय भएको जानकारी गराउदै  । सरकारले नागढुङगा नाकामा गरेको कडाइ निरन्तर रहेको र नगरपालिकाभित्र पनि सतर्कता अपनाएको नगरप्रमुख गिरीले जानकारी गराए  ।चन्द्रागिरी नगरपालिकाभित्र मच्छेगाउँका एक, दहचोकका एक, बलम्बुका एक, सर्तुगलमा एक र दुई जना सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत व्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।