गजल !

गजल !

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ३ /तिलक पोखरेल

म रमाउँथें सानो छोरो असल देखेर
आफूप्रति गरेको माया अटल देखेर

तर गाई गोठ छोडेर परदेश गाको ऊ
बुझ्ला परिवारिक मायाको बल देखेर

भुल्यो होलाउसले गाउँको झुप्रोलाई
हुनसक्छ विदेशको ठूलो महल देखेर

मन पराउला र अब परदेशबाट आए
घिनाउँछ कि यो खेत र दलदल देखेर

आएन छोरो फर्केर तर मौन रहें म त
बुझेकि छु मेरो भाग्यको छल देखेर

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।