गोकर्णेश्वर नगरपालिकामा संचालित लकडाउन प्रभावितहरुलाई खाना खुवाउने अभियानमा किड्स साग्रिला होमको साथ
कपन अनलाइन
काठमाडौं, बैशाख १४ ।गोकर्णेश्वर नगरपालिका बिभिन्न वडा मा लकडाउन बाट प्रभावितहरुलाई निशुल्क खाना खुवाउनने अभियानमा किड्स साग्रिला होमले खाद्यान्न सहयोग गरि साथ दिएको छ । नगरपालिका तथा वडा संगको समन्वय गरि कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सामग्री वितरण गरिएको सस्थाका कोषाध्यक्ष अरुण कुमार कार्कीले बताए।
गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ वटा वडामा रहेका मजदुर तथा बिपन्न परिवारका लागि किड सांग्रिला होमले खाधान्न वितरण गरेको कार्यक्रम संयोजक दिनेश भण्डारी । उनका अनुसार प्रत्येक वडामा संचालित खाना खुवाउने अभियानमा ५० बोरा चामल, ५ बोरा दाल, मस्यौरा २ बोरा, तेल ७० लिटर, आलु २ बोरा ग्यास १० वटा,जिरा धुलो३ केजी, खुर्सानी धुलो३ केजी,बेसारधुलो ३ किलो र करी मसला ३० प्याकेटका दरले उपलब्ध गराएको बताए।
सरकारले लकडाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने अभियानको प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताए । उनले सो कार्यमा आफुहरुले सहयोग गर्न पाउदा खुसि लागेको पनि बताए ।किड सांग्रिलाहोमका अध्यक्ष वद्री अधिकारी लगायतको टिमले उत्पन्न समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहयोग गरेकोमा गोकर्णेश्वर नगरपालिका र नगरका वडा अध्यक्षहरुले किड्स सांग्रिला होम परिवारलाई धन्यबाद दिएका छन ।