बुढानिलकण्ठ -४ मा सुरक्षित तरिकाले कृषि कार्य गर्नसक्ने व्यवस्था गरेका छौ : राजु खड्का (अध्यक्ष )

बुढानिलकण्ठ -४ मा सुरक्षित तरिकाले कृषि कार्य गर्नसक्ने व्यवस्था गरेका छौ : राजु खड्का (अध्यक्ष )

कपन अनलाइन

काठमाडौं ,बैशाख १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष राजु खड्काले वडामा रहेका विपन्न तथा गरिव परिवारका वडावासीहरुलाई पहिलो चरणको राहत वितरण सम्पन्न भएको बताएका छन।

त्यस्तै वडा नं ४ मा विदेस बाट आएका १४ जनाको RDT परिक्षण गरिएको जानकारी दिदै अध्यक्ष खड्काले अहिले सम्म करिव ७२७ जनाले राहत प्राप्त गरेको बताए।

वडा नं ४ मा कृषि कार्यलाई पनि सुचारु गर्नका लागि आवस्यक सुरक्षा विधि अपनाउदै गर्नका लागि वडावासीलाई आग्रह गरिएको बताउदै यसका लागि गहुँ चूटने थ्रेसर मेसिनको व्यवस्थापन गरिसकेको अध्यक्ष खड्काले जानकारी दिएका छन।

त्यस्तै वडाका कसैलाई आपतकालीन सेवाको आवस्यकता परेको खण्डमा अनुमति प्राप्त सवारी सहित  वडा अध्यक्ष र  सदस्यको निजि सवारीमा समेत सेवा उपलव्ध गराएको अध्यक्ष खड्काले बताएका छन।

त्यस्तै वडा बाट आफ्नो जन्मस्थान फर्कन चाहानेहरुलाई आवस्यक स्थान सम्म पुर्याउने व्यवस्था मिलाएको र वडामा लकडाउनको पूर्ण पालना गराउनका लागि र अन्य सेवा प्रदान गर्नका लागि  विशेष पहिचान सहित  ५१ जना स्वयंसेवक परिचालन गरिएको वडा नं ४ ले जानकारी दिएको छ ।

त्यस्तै कसैलाई खाद्यान्न आवस्यक परेको अवस्थामा त्यसको व्यवस्थापनका लागि ७० जनाको समुह बनाएको र त्यसैको सहयोग मार्फत व्यवस्थापन गरिएको वडा अध्यक्ष राजु खड्काले बताए।

 

 

तपाइँको प्रतिक्रिया ।