लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ बाट ट्राफिक प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ बाट ट्राफिक प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौं, बैशाख ११। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले  लक डाउनमा  दिनरात  खटिईरहेका ट्राफिक प्रहरीहरुको स्वास्थलाइ माध्यनजर गर्दै  स्वस्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ।  क्लबले  २००० थान मास्क, १० थान पिपिई र १६ थान सेनिटाइजर प्रदान गरेको लायन दिपेन्द्र सिम्खडाले जानकारी गराए । जस मध्ये ५०० थान मास्क सहित पिपिई र सेनिटाइजर लायन्स क्लव अफ काठमाडौं पिपुल्सका प्रेसिडेन्ट भरत शर्माले उपलब्ध  गराएको बताए ।

ट्राफिक महाशाखाका एसएसपी भिम ढकालको उपस्थितिमा पिपिई १० थान, माक्स २००० थान, १६ थान सेनिटाईजर लगायत लायन्स क्लब डिस्ट्रिक ३२५ए१का इमिडेट पास्ट गभर्नर लायन अन्नत प्रसाद भेटुवाल, वर्तमान फर्स्ट डिस्ट्रिक्ट भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ लगायतले  प्रदान  गरेका थिए  भने   सातदोबाटोका प्रहरी निरीक्षक भोला अधिकारीको आग्रहमा डिस्ट्रिक ३२५ ए१ को फुड बैक बाट विभिन्न सहयोग गरिएको छ  ।

त्यस्तै गरि  उत्तरवाहिनी,गोकर्णेश्वर मन्दिर,सुन्दर टोल जोरपाटि सहित बौद्ध रामहिटिमा दैनिक ज्यालामा जीवनयापन गर्ने ४१ परिवारलाई १० के.जी. चामल, १ के.जी. दाल, १ के.जी. नुन र १ लीटर तेल प्रति परिवारको दरले बितरण गरिएको छ । जोरपाटी , उत्तरबाहिनी, गोकर्णेश्वर  लगायतका स्थानमा निरन्तर खाना खुवाई राखेको ठाऊमा खाधान्न समेत सहयोग गर्दै आएको छ ।लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ अन्तर्गत स्थापना भएको फुड बैंक मार्फत लकडाउनमा समस्या भोग्दै आएकाहरुलाई राहत बितरण गर्दै जाने  योजना समेत रहेको लायन्स लिडरहरु बताउछन ।

तपाइँको प्रतिक्रिया ।