आमा .. (कविता )

आमा .. (कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख ११/पुन्यराज पुडासैनी  

नदेख्दा छेउमाआमा आँशु त्यसै झर्ने
रहदा छेउमा आमा कुनै ऐस्वर्य नपर्ने।

बोल्दा आमा कुनै संगीत नचाहिने
त्यो स्नेहको आनन्द कतै नपाइने।

मेरो दर्द नसोधी नबोली थाहा पाउने
हरपल मेरो बाटोमा आँखा बिछ्याउने।

मन्दिरमा त् पथ्थर छन तिमि साक्षात देवता
मेरो मुस्कानका लागि आँशुका भेल बगाउने।

भेटिदा मिठो पटुकिमा सुटुक्क लुकाउने

म हिड्दा कतै खुसुक्क थैली फुकाउने।

 

मेरो सपना फुलाउन कुर्कुचा फुटाउने

म रुन्छु भनि बहको आँधी लुकाउने।

ऋचा वेदका सरि तिमि पवित्र संहिता

स्वर्ग झैँ आमा तिमि सारा  कस्ट हटाउने ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।