बुढानिलकण्ठ -१० को निशुल्क भोजन गराउने अभियानमा सांसद गगन थापाको साथ

बुढानिलकण्ठ -१० को निशुल्क भोजन गराउने अभियानमा सांसद गगन थापाको साथ

कपन अनलाइन

काठमाडौं ,बैशाख ११।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले शुरु गरेको विपन्न तथा मजदुरहरुलाई निशुल्क भोजन गराउने अभियानमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सहयोग गरेका छन।

पहिलो दिन वडा अध्यक्ष नवराज भट्टराईले आफ्नो व्यक्तिगत सहयोगमा भोजन उपलव्ध गराउने अभियान शुरु गरेका थिए जसमा दोश्रो दिन नेपाली कांग्रेस वडा नं १० का सभापति श्याम डोटेल जोडिएका थिए।यसै क्रममा वडा नं १० ले चौथो दिन दिन वितरण गर्ने भोजनको व्यवस्थापनमा सांसद थापाले सहयोग गरेका थिए।

त्यस्तै थापाले वडा नं १० का करिव ८३० जनालाई निशुल्क भोजन व्यवस्थापन गर्न पाउदा खुसी लागेको बताउदै यस अभियानमा साथ दिनका लागि सहयोगी मनहरुलाई अनुरोध गरेका छन।

अहिले एकले अर्काको लागि सहयोग गर्ने समय रहेको र यसको मर्म बुझेर आवस्यक पर्नेले मात्र राहत र सहयोग लिनका लागि वडावासीका लागि अनुरोध गर्दै वडा नं १० का अध्यक्ष नवराज भट्टराईले केहि ठाउमा राहतलाई अधिकार ठानेर माग गर्ने प्रवृति बढेकोमा दुख व्यक्त गरेका छन।

वडा नं १० ले शुरु गरेको अभियान एक व्यक्तिले आफ्नो गाँस काटेर अर्को व्यक्तिको भोको पेट भर्ने सत्प्रयास बाट शुरु गरिएकोले आफै व्यवस्थापन गर्न सक्नेले अरुलाई सहयोग गर्नका लागि आग्रह गरेका छन।

                                                         निशुल्क भोजन व्यवस्थापन समिति  समिति

त्यस्तै वडा नं १० ले शुरु गरेको यस अभियानलाई व्यवस्थापन गर्नका लागि भोजन व्यवस्थापन समिति गठन गरेको छ। धुर्व नेपालको संयोजकत्वमा रामप्रसाद लुइँटेल ,वडा सदस्य चन्द्रमान श्रेष्ठ ,राम थपलिया र भेष बहादुर डोटेल सदस्य रहेको समितिले भोजन व्यवस्थापन र वितरणको संयोजन गर्दै आएको छ।

 

तपाइँको प्रतिक्रिया ।