गर्भ ( कविता )

गर्भ ( कविता )

कपन अनलाइन

काठमाडौँ, बैशाख ११/ बिनोद चालिसे

 

आमा बेहोसी थिइन्

प्रवाह र बेदंनामा छटपटीदा

तर! दुर्भाग्य तुहिनुपर्ने गर्भ

म किन ?

आहाल बाट बांचेछु

बेदनाको साटो बेदना

थपिदिएको छु, ती गर्भिणीलाइ ।

 

जन्मौ तिर्न नसकेको

ऋणको भारी बोकेर

आदर्शभरि उनकै नाम घोकेर

यतार्थमा उनकै भावना माथि कुल्चेर

विवशता र बाध्यताको भुमरीमा हराएर

मानको साटो अपमानले

रेटिएको छु, ती गर्भाणीलाइ ।

 

तथाकथित स्वाभिमानको अभिमानले

पोल्नु पर्ने हो, मलाई

मनको गोदामबाट हराएको आफ्नोपनले

दुख्नु पर्ने हो, मनलाई

बिना हृदयको तन

बिना मनको धन

बिना आफन्तको जन

अभिशाप बन्दैछ हरदम

त्यसैले

कमसेकम तुहिदिएको भए आमा !

तिमीलाई दोस्रो  बेदना पर्ने थिएन ।

 

आमा! तिमि भित्र म

तरल भएथे

ठोस भएथे

होस भएथे

भएथे जोश पनि

निराकार थिए

आकार भए

प्रकारान्तरले  साकार पनि भए ।

 

आमा! सम्झदैछु म

तिमि दुख्दा दुखेथें

तिमि सुत्दा सुतेथें

तिमि उठ्दा उठेथें

तिमि खाँदा खाएथें

तिम्रै श्वास संग श्वास मिलाए

तिम्रै आश संग आश पनि मिलाएँ ।

 

आमा! किन होला हगी?

मैले जन्म लिंदा

बेसरी रोएथें

जगत बेसरी हासेंथ्यो

आज म बेसरी हाँस्छु

जगत बेसरी रुन्छु ।

 

आमा आमा नै हुन्

जति नै पुत्र अपराध भएपनि

आफु भित्र -भित्रै  खोकिएर पनि

पुत्र वात्सल्याताले  क्षम्य नै दिन्छ्यौ

आफु भित्र-भित्रै खोक्रिएर पनि

बलेको दीप सरि

कुपुत्रको संरक्षणमा

आफैलाई सिध्याउछौ किन ?

लाग्छ, आफ्ना पुत्रहरू आज

आमाको गर्भ तुहाउदै छन

पहिलो –पटक, दोस्रो पटक

र पटक-पटक गरि तुहाउदैछन ।

 

(कबि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का  क्षेत्रीय सचिब तथा प्रदेश ख सभापति   हुन्। )

 

 

 

तपाइँको प्रतिक्रिया ।