काठमाडौं महानगरपालिका वडा नं ६ आनन्दपुर तिनचुलेमा लक डाउन प्रभावितहरुलाई निशुल्क भोजन वितरण
कपन अनलाइन
काठमाडौँ, बैशाख १० ।लक डाउनका कारण चरम समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सु्रिक्षत तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका वडा ६ आनन्दपुर तीनचुलेमा मा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा निशुल्क प्याकिंग भोजन वितरण गरिएको छ। कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरेसँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि मंगलबार बाट आनन्दनपुर् स्थित एतिहासिक कुवा अगाडी खानाको प्याकेट वितरण शुरु गरिएको हो ।
स्पोर्ट्स स्पेसल क्लब, बृहस्पति मणिटोल विकास समाज, आनन्दपुर महिला समाज,गोकर्णेश्वर सेवा समाज आरुबारी डाँडागाउ टोलसुधार समिति आनन्दपुर टोल बासीबासीको सहयोगमा निशुल्क प्याकिङ भोजन मंगलबार बाट वितरण गरिएको स्पोर्ट्स स्पेसल क्लबका अनिल देवकोटा बताए। उनका अनुसार प्रत्येक दिन बिहान १० बजे देखि ११ बजे सम्म र बेलुका ६ बजे देखि ७ बजे सम्म उक्त निशुल्क प्याकिंग भोजन वितरण गरिरहेको बताए ।
मंगलबार बिहान २३० जनालाई र बेलुका २८० जनालाई नि:शुल्क खाना वितरण गरिएको जानकारी गराए। कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा ले बिभिन्न संघ सस्था तथा सहयोगी दाताहरुको सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानको व्यवस्था गरिएको पनि बताए । उनले सो अभियानमा जो पनि जोडिन सक्ने भन्दै इस्छुक ब्यक्तिहरुले सहयोग गर्न सकिने पनि बताए