स्वास्थ्य सल्लाहकार समिति टोखाले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने
कपन अनलाइन
काठमाडौं ,बैशाख १०।
टोखा नगरपालिकामा स्थायी वसोवास गर्ने डाक्टर ,नर्स तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको भेलाले गठन गरेको स्वास्थ्य सल्लाहाकार समितिले नगरपालिकाका स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण तालिम संचालन गर्ने भएको छ।
बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौला र टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा बसेको बैठकले आउने सनिवार बिहान १० बजे स्वास्थ्य कर्मी र दिउसो १ बजे जनप्रतिनिधिहरुका लागि उक्त तालिम अभिमुखीकरण गर्ने समितिको बैठकले निर्णय गरेको संयोजक दुर्गा खड्का मिश्रले जानकारी दिएकी छन।
समितिमा संयोजक दुर्गा खड्का मिश्र सहित डा .दिपक महरा ,डा .खेमराज भुषाल ,डा.विधान निधि पौडेल ,डा.सुर्य देवकोटा ,डा.सुभाष आचार्य ,डा .पुरुषोत्तम श्रेष्ठ ,उमा श्रेष्ठ ,शान्ताराम अधिकारी,शिल्पा परियार ,सवु श्रेष्ठ रहेका छन ।