बुढानिलकण्ठ -१० का युवाहरुको नविन प्रयास “तपाइको एक गाँसले भोको पेट भरिन्छ ” अभियान

बुढानिलकण्ठ -१० का युवाहरुको नविन प्रयास “तपाइको एक गाँसले भोको पेट भरिन्छ ” अभियान

कपन अनलाइन

काठमाडौं ,बैशाख ८।

कोरोना  प्रकोप तथा नियन्त्रणमा  बुढानिलकण्ठ नगरपालिका वडा नं १० का केहि युवाहरुले वडाका विपन्न नागरिकहरुलाई निशुल्क भोजन उपलब्ध गराउनका लागि सृजनात्मक सामाजिक अभियान शुरु गरेका छन।

वडा नं १० मा रहेको नोभो हार्म नामक संस्थाको संयोजनमा त्यस वडाका युवाहरुले मनकारी दाताहरुले उपलव्ध गराएको भोजन भोको पेट बस्न बाध्य बनेकाहरुलाई पुर्याउदै आएको छ।

यो अभियानमा अहिले सम्म करिव १०० वटा भोजन संकलन गर्ने प्याकेट वितरण हुदै आएको र धेरै मनकारी दाताहरुले सहयोगको लागि इच्छा देखाएको यस अभियानका अभियन्ता विवेक अधिकारीले जानकारी दिए।

यस अभियानको शुरुवातमा भोजन संकलन गर्न   घर घरमा छोडेका  बट्टा  सहयोगी दाताहरुले आफ्नो गाँस काटेर भरिदिदा अनि त्यसले भोको पेट भर्दा निकै आनन्द आउने एक स्वयंसेवीले बताए।

यसले नेपालीको परोपकारी भावनाको उज्यालो पाटो देखाएको भन्दै सो अभियानलाई करिव १ महिना सम्म जारी राख्ने अभियन्ताहरुले  जानकारी दिएका छन ।

कसरी गरिन्छ भोजन संकलन ?

यसमा दाताहरुले सम्पर्क गरे पश्चात संस्थाका स्वयंसेवकहरुले संकलन प्याकेट छोड्ने छन र त्यसमा दाताहरुले भोजन प्याक गरे पश्चात संकलन गरेर आवस्यक विपन्न नागरिकहरुलाई वितरण गर्नेछन।सहयोगका लागि सम्पर्क :९८६१८२९३१०

 

 

तपाइँको प्रतिक्रिया ।