Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/04/93869013_158334448887343_6767135323227947008_n-636x470.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चाबहिल गोपिकृष्ण नगरमा तरकारीको होलसेल बजार शुरु

कपन अनलाइन

काठमाडौं ,बैशाख ८।

काठमाडौं महानगरपालिकाको सहजीकरणमा ७ नम्बर वडाको गोपिकृष्णमा तरकारी होलसेल बजार शुरु हुने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट आम जनमानसलाई जोगाउन अत्याधिक भिडभाड नियन्त्रण गर्ने उदेश्यले कालिमाटी तरकारी बजार बन्द गर्ने तथा महानगरका विभिन्न ११ ठाउँमा अल्पकालीन तरकारी होलसेल बजार संचालन गर्ने कामपाको निर्णय अनुसार बैशाख ८ गतेबाट गोपिकृष्णमा बजार संचालन हुन लागेको हो । उक्त बजार ब्यबस्थापनको जिम्मेवारी वैदेशिक रोजगार बाट फर्केका नेपालीहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपालले लिएको छ ।

अप्ठ्यारो घडीमा राज्यलाई सहयोग गर्नु सबैको कर्तव्य भएकोले तरकारी बजार ब्यबस्थापनका लागि स्वयंसेवकिय रूपमा आफ्नो संस्था अघि बढेको रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले बताएका छन् । उनका अनुसार उक्त तरकारी बजार दैनिक बिहान ४ बजेदेखि ८ बजेसम्म संचालन हुनेछ । बजारमा पुर्ण रूपमा नेपाली उत्पादन रहने र धादिङ, भक्तपुर, मकवानपुर, काभ्रेपलान्चोक लगायत जिल्लाका किसानका उत्पादन रहने जनाइएको छ ।

उक्त होलसेल तरकारी बजार संचालनमा आएसंगै छेउछाउका चाबहिल, गङाहिटि, गोपिकृष्ण, मैजुबहाल, कुमारिगाल, चुच्चेपाटी, कपन, मित्रपार्क तथा ४ नम्बर वडाका खुद्रा ब्यापारी र सर्वसाधारण लाभान्वित हुनेछन् ।

कालिमाटी तरकारी बजार बन्द भएपछि खुद्रा ब्यापारीहरु तरकारी किन्न कहिले कता कहिले कता धाउनुपर्ने अवस्थामा यो बजार केहि सहयोगी हुनसक्ने देखिन्छ । बजार हेरिरहेका काठमाडौं महानगरपालिका कृषि बिभागका कर्मचारी पुष्कर खड्काका अनुसार उपलब्ध सबै किसिमका स्वच्छ तरकारीहरु उक्त बजारमा ल्याइपुर्याउन कसरत भइरहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।